नेपाली काँग्रेसको चुनबि अभियान निसिखोलामा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेपाली काँग्रेसको चुनबि अभियान निसिखोलामा



बाग्लुङ्ग : नेपालि काँग्रेसले बनाएको योजनामा अन्यदलले आफनो अस्तित्व जोगाएको बाग्लुङ क्षेत्र नँ २ प्रतिनीधि सभा उमेदवार नरबहादुर पुन निरजले बताएका छन् ।

निसिखोला गाँउपालीका वडा नँ १ देबिस्थामा आयोजित चुनाबि प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दे उमेदवार पुनले २००७ सालदेखि नेपाली काँँग्रेस जनताको निम्ती राणासासनको अन्त्य, राजतन्त्रको अन्त्य गर्दे जनताको मौलीक हक र लोकतन्त्रको रक्षा सँगै सँबिधान समेत नेपाली काँग्रेसकै सक्रियतामा जारी भएको बताउँदै अन्य दलहरु नेपाली काँग्रेसले लिएका मुद्धा र योजनामा हिँडिरहेको बताउँदै लोकतन्त्रको रक्षा र सँबिधान कार्यान्यन गर्नका निम्ती नेपाली काँग्रेसलाई मतदान गरी बिजयी गराउन स्थानीय कार्यक्रतालाई आब्ह्वान समेत गरे ।

उनले थप बोल्दै आफु बाग्लुङ क्षेत्र नँ २ को बिकासका निम्ती समेत उदेवारी दिएर जनताको माझमा आएका कारण समग्र बिकासका निम्ती आफुलाई मतदान गर्न आग्रह गरे ।

आयोजित कार्यक्रममा प्रदेश (ख) उमेदवार जित शेरचनले बोल्दै अबको समय बिकास निर्माण र जनताले लोकतन्त्रको आवास गर्ने समय भएका कारण जनताको सुखदुखका निम्ती नेपाली काँग्रेसपार्टिलाई बिजयी गराउनुपर्ने बताउँदै निसि, तमान ढोरपाटनको बिकासका निम्ती रुख चिन्हमा मतदान गरी आफुलाई बिजयी गराउन आग्रह गरे ।

त्यस्तै निवर्तमान साम्सद तथा समानुपातीक उमेद्वार ज्ञानकुमारी छन्त्यालले बोल्दै आफुले साविकको क्षेत्र नँ ३ को बिकासका निम्ती अहोराद्ध त्याग तपस्या गरेको र यस पटकको चुनाबमा समेत जनताले नेपाली काँग्रेस पार्टिलाई जिताएमा मात्र यस क्षेत्रको शिक्षा, स्वास्थ्य , यातायात क्षेत्रको बिकास हुनेमा जोड् दिँदै नेपाली काँग्रेसपार्टिलाई मतदान गर्न आग्रह गरे ।

त्यस्तै क्षेत्र नँ २ सभापती दोर्णकुमार कुवँरले बोल्दै नेपाली काँँग्रेसकै नेतृत्वमा शान्ती र सँबिधान जारी भएको र अबको समय जनताले बिकास, सेवा सुबिधा र लोकतन्त्रको आभास गर्ने समय भएका कारण जनतालाई लोकतन्त्रको आभास गराउने पार्टि नेपाली काँग्रेसलाई बिजयी गराई सम्मुन्नत राष्ट्र निर्माण अभियानमा साथ दिन जनतालाई आग्रह गरे ।

नेपाली काँग्रेस निसिखोला गाँउपालीका सम्योजक ईन्द्रबहादुर मल्लको अध्यक्षता रहेको कार्यक्रममा नेपाली काँग्रेस महादिबेशन प्रतिनिधी टेकराज पौडेल, सागर छन्त्याल, सिँहबहादुर राणा, यामु पौवि, निसिखोला गाँउपालीका प्रमुख तारानाथ पौडेल, तमानखोला गाँउपालीका प्रमुख जोकलाल बुढा, निसिखोला गाँउपालीका उपप्रमुख सोभा कार्कि, पुर्व जिविस उपसभापती दिलेन्द्र रामजाली, पुर्व जिल्ला कोषादक्ष लालप्रसाद घर्ति, लगाएतको आतिथ्यता एवम मन्तब्य रहेको कार्यक्रममा भिमबहादुर गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।