तत्कालीन गृहमन्त्री बादलका छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

तत्कालीन गृहमन्त्री बादलका छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी



काठमाडौं- तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहको खोजी गरिरहेको प्रहरीले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका बाबुछोरालाई पनि पक्राउका लागि खोजी सुरू गरेको छ ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी सम्पर्कबिहीन भएका छन् । टोपबहादुर र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनीहरूलाई खोजी गरेको हो ।