संसद जिम्मेवार र प्रभावी बनोस् - डा. बाबुराम भट्टराई - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

संसद जिम्मेवार र प्रभावी बनोस् – डा. बाबुराम भट्टराई



काठमाडौँ – 

मङ्गलबार प्रमुख प्रतिपक्षी दलका सांसदले नाराबाजी गरेका कारण प्रतिनिधिसभा बैठक स्थगित गरिएपछि पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले ट्वीट गर्दै संसद जिम्मेवार र प्रभावी बनोस् भन्ने कामना गरेका छन्।

उनको ट्वीट यस्तो छ –  ‘संसदमा को पहिला बोल्ने भन्ने मुद्दामा गलफल्ती गरेर अमूल्य समय र श्रोत खेल फाल्नु शोभनीय भएन ! गुठी, लोकसेवा विज्ञापन, प्रेस काउन्सिल, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, बजेट विनियोजन लगायत अनगिन्ती जनसरोकारका विषयमा छलफल गरेर समाधान खोज्ने थलो संसद गैरजिम्मेदार र निष्प्रभावी नबनोस्।’

स्मरणीय छ, प्रधानमन्त्री कि प्रतिपक्षी दलका नेता को पहिले बोल्ने भनी काङ्ग्रेसले झिकेको बखेडाका कारण प्रधानमन्त्री के.पी. शर्मा ओलीले बोल्न पाएनन्। सभामुखले प्रधानमन्त्रीको कुरा सुनेपछि तपाईँहरूलाई समय दिन्छु भन्दा पनि अटेर गरी काङ्ग्रेस सांसदहरूले नाराबाजी गरेका थिए। प्र.म. सात मिनेट रोस्ट्रममा कुरेर फर्किएका थिए।