डा. भट्टराई भन्छन: आज शासक बनेका हिजोका क्रान्तिकारीहरू देखि सावधान - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

डा. भट्टराई भन्छन: आज शासक बनेका हिजोका क्रान्तिकारीहरू देखि सावधान



काठमाडौं- एक जना मन्त्री बन्दैमा उत्पीडिक वर्गको मुक्ति नहुने भन्दै समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सावधान रहन आग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले यस्तो आग्रह गरेका हुन् ।

उनले राजाको शासनकालदेखि अहिलेसम्म उत्पीडित वर्ग, क्षेत्र, जाति लिंगका प्रतिनिधि बनेर मन्त्री बने पनि मुक्तिको प्रश्न भने यथावत नै रहेको बताएका छन्।

उनले भनेकच छन्, ‘इतिहास दोहोरिन्छ किनभने लोग्नेमान्छेहरूले बारम्बार गल्ती दोहोर्याइरहन्छन्’ भन्ने अंग्रेजी भनाइलाई उल्लेख गर्दै उनले यो कुरा उत्पीडित, जाति, वर्ग, क्षेत्र, लिंगका मानिसहरुले बुझ्नुपर्ने बताएका छन्।

शुक्रबार लेखिएको ट्वीटमा उनले शासक वर्गले जाति, लिंगले उत्पीड़ित भित्रकै केहीलाई सहवरण गरेर आफ्नो सत्ता टिकाउँदै आएको इतिहास साक्षी रहेको बताएका छन्।

समाजवादी पार्टीलाई सरकारबाट निकालेर राजपालाई सरकारमा लैजान खोजिएको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले उत्पीडित वर्गको संघर्षलाई भुक्ते बनाउन सरकारले चलेको कदम भएको भन्दै त्यसमा नफस्न आग्रह गरेका छन्।

‘वेदानन्द झा,बालाराम घर्ती मगर हीरालाल विश्वकर्मा, फत्तेसिंह थारू, सुशीला थापाहरू राजाका मन्त्री बनेर मधेसी, जनजाति, दलित, थारू,महिलाको मुक्ति भयो? भएन! बरू उत्पीडित समुदायको मुक्तिसंघर्ष भुत्ते भयो’, उनले ट्विटरमा भनेका छन्, ‘अहिले पनि इतिहास दोहोरिइरहेछ। हिजोका क्रान्तिकारीहरू आज नयाँ शासक बनेर पुरानै ‘फुटाउ र राज गर’ नीति अपनाइरहेछन्! सावधान!’

सरकारबाट बाहिरिएलगत्तै समाजवादी पार्टीले सडक र सदनमा संघर्ष चर्काउने निर्णय गरेको छ। उसले सरकारविरुद्ध कांग्रेस लगायतका दलसँग मिलेर अगाडि जाने समेत निर्णय गरेको छ।