सर्वपक्षीय बैठकबाट बाहिरिए भट्टराई- यस्तो छ उनको प्रतिक्रिया - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

सर्वपक्षीय बैठकबाट बाहिरिए भट्टराई- यस्तो छ उनको प्रतिक्रिया



काठमाडौं- पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्रीले शनिबार बोलाएको सर्वपक्षीय बैठकबाट बाहिरिएका छन्। बाहिरिंदै उनले सीमा विवाद कूटनीतिक तवरले नै सुल्झाउनुपर्ने सुझाव दिएका छन्।

प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकमा सहभागी भएर बाहिरिएका भट्टराईले बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै भनेका छन्, ‘लिपुलेक, कालापानी हाम्रो भूमि हो। सरकारले कुटनीतिक तवरले नै सीमा विवादहरू हल गर्नुपर्छ।’

अहिले बैठक चलिरहेको छ । भट्टराई केहि घण्टा बैठकमा सहभागी रहेर बाहिरिएका हुन्।