देशको नाम राख्‍न सक्यौँ, खुसी छौँ - आयुष के.सी. - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

देशको नाम राख्‍न सक्यौँ, खुसी छौँ – आयुष के.सी.



भारतको लोकप्रिय टेलिभिजन जी टीभीबाट प्रशारण हुँदै आएको ‘सारेगम लिटिल चाम्स’मा चौथो स्थान हासिल गर्न सफल आयुष केसी नेपाल आएका छन् । उनलाई त्रिभुवन विमानस्थलमा उनका आफन्तले  बाजा बजाएर भव्य स्वागत गरे ।

अन्तिम ६ मा पुगेपछि उनको चर्चा अझै चुलिएको थियो । इटहरीका प्रितम आचार्य यो प्रतिस्पर्धामा सेकेन्ड रनरअप बनेका छन् । विमानस्थलमा आफन्त र फ्यानको भीड देख्दा खुशी भएका आयुषले भने–‘मेरो मिहिनेत र सबैको साथले यो सफलता मैले पाएको हुँ । म र मेरो साथी प्रितमले नेपालको नाम राख्‍न सक्यौँ, म खुशी छु ।’