डढेलोको कारण अस्ट्रेलियामा सङ्कटकाल घोषणा - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

डढेलोको कारण अस्ट्रेलियामा सङ्कटकाल घोषणा



एजेन्सी- अष्ट्रेलियाको जंगलमा लागेको आगो अनियन्त्रित भएपछि संकटकालको घोषणा गरिएको छ।

आगलागीका कारण अत्यन्त प्रदुषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा संकटकाल घोषणा गरिएको अधिकारीहरूले जनाएका छन्।

आगलागीका कारण कतिपय घरहरूमा क्षति पुगेको र विषाक्त हावा फैलिएको र त्यस क्षेत्रको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको जनाइएको छ। बिहीबार लागेको आगलागी नियन्त्रणका लागि हजारौँ अग्नी नियन्त्रकहरू परिचालन गरिएको छ।

अधिकारीहरूले आ-आफ्नो तरिकाले सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आह्वान गरेका छन्। अष्ट्रेलियामा प्रायः हरेक बर्ष यस्तै अत्यधिक गर्मी हुने र गर्मीका बेलामा आगलागीका घटनाहरू पनि धेरै हुनेगरेको अधिकारीहरूको भनाई छ।

देशको सर्वाधिक प्रदुषित भएको ‘न्यु साउथ वेल्स’ राज्यका १ सय भन्दाबढी ठाउँमा आगलागी भएको र आगलागी नियन्त्रण बाहिर रहेको जनाइएको छ।

न्यु साउथ वेल्स राज्यका मुख्यमन्त्री ग्लाडीस बेरोजिक्लीनले सातदिनका लागि संकटकालको घोषणा गरेका हुन्।