आठ वर्षीय छोराको हत्या गरी बाबुद्वारा आत्महत्या - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आठ वर्षीय छोराको हत्या गरी बाबुद्वारा आत्महत्या



धनगढी /कात्तिक १० ।

कैलालीको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आफ्ना आठ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

घटनास्थलमा ‘बच्चा मैले मारेको छु, मैले पनि आत्महत्या गरेँ’ भनेर जोशीले लेखी छाडेको सुसाइड नोट फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले बताए ।

उक्त नोटमा आफूलाई धेरै ऋण लागेकाले यस्तो गर्नुपरेको समेत लेखिएको प्रहरी निरीक्षक मल्लले बताए ।

आफ्नै घरको कोठामा बुधबार राति छोराको हत्या गरेर घरकै बैठक कोठामा जोशीले झुण्डिएर आत्महत्या गरेको जनाइएको छ । रासस