समन्वयात्मक बैठक सम्पन्न - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

समन्वयात्मक बैठक सम्पन्न



बुटवल : आस्था समुह बुटवलले लागुपदार्थ प्रयोगकर्ता तथा सारोकारवाला संग समन्वयायत्मक कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवलमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले लागुपदार्थको तलबाट हटाउनको लागी अन्य क्रियाकलापमा संलग्न बनाउनु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरक्षक काषिराम चौधरीले बोल्दै लागुपदार्थ तथा सुधार गृहका बारेमा सबैले जानकारी पाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यलय प्रमुख केयर सिंह गोदारले लागुपदार्थको लतबाट बचाउनको लागी सबैको पहल आवश्यक रहेको जोड दिएका थिए ।
कार्यक्रममा गैसस अध्यक्ष गोबिन्द प्रसाद रेग्मी, सेभ द चिल्ड्रेनका कृष्ण नापित,केशव पुन मगर, डा. आशिष बिक्रम शाहि, सुनित कार्कि लगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन आस्था समुह बुटवलकी ब्यवस्थापक सरस्वति बेल्वासेले गरेकि थिईन् ।