संसद बैठक स्थगित - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

संसद बैठक स्थगित



काठमाडौँ :  आज बसेको प्रतिनिधिसभाको बैठक मङ्गलबारसम्मका लागि स्थगित भएको छ। गुठीसम्बन्धी विधेयकलाई लिएर काङ्ग्रेस विरोधमा उत्रिएको थियो। विधेयकको विरोध गर्नेहरूमाथि सरकारले दमन गरेको आरोप काङ्ग्रेसको छ।

गुठीसम्बन्धी विधेयकले सबै जमिनलाई रैकर बनाउने भन्दै आइतवार माइतीघरमा विरोधमा उत्रिएका नेवार समुदायमाथि भएको दमनको विरोधमा काङ्ग्रेसले अवरोध गरेपछि दुवै सदन स्थगित भएका हुन्।

प्रतिनिधि सभामा काङ्ग्रेसको अवरोधपछि सूचना टाँसेर भोलिसम्मका लागि बैठक रोकिएको हो । काङ्ग्रेसको अवरोधपछि १५ मिनेट स्थगित बैठक विशेष कारणवश बस्न नसक्ने भन्दै भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

सङ्घीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले एक सूचना निकाल्दै मङ्गलबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन्।