सोमबार हुने भारतविरुद्धको खेलमा नेपाललाई राहत - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

सोमबार हुने भारतविरुद्धको खेलमा नेपाललाई राहत



काठमाडौं- भोली हुने एसिया कप अन्तर्गत भारतविरुद्धको खेलमा नेपाललाई राहत मिल्ने भएको छ । सोमबारको भारतका प्रभावशाली फास्ट बलर जस्प्रीत बुमराह नखेल्ने भएपछि नेपाललाई राहत मिल्ने भएको हो ।

एसिया कपअन्तर्गतको सोमबार हुने नेपालविरुद्ध खेलमा जस्प्रीत बुमराह नखेल्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुमराह व्यक्तिगत कारण देखाएर भारत फर्केका छन् ।

एसिया कप अन्तर्गत सोमबारको खेलमा भारत नेपालविरुद्ध जित्नै पर्ने दबाबमा छ । पहिलो खेल रद्ध भएका कारण पाकिस्तानसँग अंक बाँडेपछि अन्तिम चारमा पुग्न भारतले नेपाललाई हराउनै पर्ने अवस्था छ ।