एसिया कप क्रिकेटबाट बाहिरियो बंगलादेश - Himal Post Himal Post
  • ९ आश्विन २०८०, मंगलवार
  •      Tue Sep 26 2023
Logo

एसिया कप क्रिकेटबाट बाहिरियो बंगलादेश



काठमाडौं : बंगलादेश एसिया कप क्रिकेटबाट बाहिरिएको छ।

सुपर ४ मा लगातार दुई खेलमा पराजित भएको बंगलदेश अब फाइनल पुग्ने सम्भावना सकिएको हो। पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंग्लादेश दोस्रो खेलमा श्रीलंकासँग २१ रनले स्तब्ध भयो।

अब सुपर फोरको अन्तिम खेलमा भारतसँग खेल्ने छ। भारतसँग जित निकाल्दा पनि बंगलादेशको फाइनल खेल्ने सम्भावना बाँकी हुने छैन्। सुपर फोरमा भारतले एक खेल पनि खेलेको छैन भने पाकिस्तान र श्रीलंकाले एक एक खेल खेलेका छन्।

प्रेमदासा स्टेडियम कोलम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २५७ रन बनाएको थियो।

श्रीलंकाका सदिरा समरबिक्रमाले ९३ रनको उत्कृष्ट पारी खेले। यसैगरी कुशल मेन्डिस ५० रन बनाएर आउट हुँदा पथुम निसनकाले ४० रन जोडेका थिए।

कप्तान डासुन सनकाले २४ तथा दिमुथ करुणारत्नेले १८ रनको पारि खेले। बंगलादेशका तक्सिन अहमद र हसन महमुदले तीन तीन विकेट लिए । सइफुल इस्लामले २ विकेट लिएका थिए।

२५८ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश ४८ दशमलव१ ओभरमा सबै विकेट गुमाएर २३६ रनमात्रै बनायो।

बंगलादेशका तोहिड ह्रिदोले सर्वाधिक ८२ रनको पारि खेल्दा मुस्फिकुर रहिमले २९ रन जोडेका थिए। यसैगरी मेहदी हसनले २८ तथा मोहमद नइमले २१ रन जोडेका थिए।

बंगलादेशलाई रोक्ने क्रममा महेश तिक्षणा, दशुन सनका र महिषा पथिरनाले तीत(तीन विकेट लिए।
प्रतियोगिता अन्तरगत आज भारत र पाकिस्नानबीच खेल हुन्छ।