अशिम महतको निकै रमाइलो पन्चेबाजा गीत “मंसिरै महिनामा”(भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अशिम महतको निकै रमाइलो पन्चेबाजा गीत “मंसिरै महिनामा”(भिडियो सहित)



बाबुराम थापा/ मलेसिया

लगनको महिना मंगसीर नजिकिदै गर्दा बहराइनबाट पन्चेबाजामा “ मंसीरै महिनामा धमकेदार लोक दोहोरी गीत सम्पूर्ण नेपालीलाई समेट्ने गरी धमाकेदार फरक गीत असीम महत र केपी किरण शर्माको शब्दले धेरै लाई निकै नै रमाइलो बनाएको हुन्छ।

शैली क्रियशन म्युजिक प्रालिको प्रस्तुतिमा असीम महत,कुलेन्द्र वि.क र लक्ष्मी परियारको सुमधुर आवाजमा लगनको महिना मंगसीर नजिकिदै गर्दा बहराइनबाट पन्चेबाजामा “ मंसीरै महिनामा असीम महतको निकै नै रमाइलो पन्चेबाजामा लोक दोहोरी “मंसिरै महिनामा”बजारमा आएको छ।

खिमराज श्रेष्ठ र असीम महतको लय र शब्दले सजिएको र उक्त गीतमा अभिनय भने चर्चित मोडल शङ्कर वि.सी र सम्झना बुढाथोकीको अभिनय रहेको छ भने म्युजिक भिडियो सम्पादक रेसम गौतमले गर्नुभएको छ भने भिंडियों संरचना असीम महतले गर्नुभएको उक्त भिडियो शैली क्रियशन फ्लिम्सले निर्माण गरेको हो ।

धेरै उनी गीत कोर्न र सङ्गीत गर्न मा ब्यस्थ हुन्छन् बहराइनमा बसेर पनि उनी गीत सङ्गीतलाई माया गर्दै आएका छन्।गुल्मी धुर्कोट गाउँ पालिका वार्ड न २ उदिनमा जन्मनु भएका असीम महतका पन्चेबाजा “ मंसीरै महिनामा पछि लगत्तै उनको सृजनामा धेरै गीतहरू आउने क्रममा छन्।