छोरीलाई करणी गर्ने उपसचिव गिरफ्तार - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

छोरीलाई करणी गर्ने उपसचिव गिरफ्तार



ललितपुर –

प्रहरीले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादवलाई १८ वर्षीया छोरीलाई जर्बजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरेको छ।

यादवको घर महोत्तरी सोनमा गाविस–५ हो र हाल उनी ललितपुर धोविघाट बस्दै आएका छन्।  प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ४५ वर्षीय यादवले १८ वर्षीया छोरीलाई बारम्बार जर्बजस्ती करणी गर्ने गरेको पत्ता लागेको छ ।

ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले प्रदान गरेको जानकारीअनुसार ‘विदेशतिर आफ्नै छोरीलाई करणी गर्छन्, नेपालमा गर्दा पनि केही हुन्न’ भन्दै छोरीमाथि जबरजस्ती गर्ने गरेका थिए। उनले यस्तो अपराध गर्न आफ्नै घरको तेस्रो तला प्रयोग गर्थे। घरमा कोही नभएको मौका छोपी यादवले ‘आमा अहिले आउँदिन’ भन्दै छोरीलाई करणी गर्दै आएका थिए। प्रहरीले यस घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

एसएसपी धानुकले पुष्टि गरेअनुसार तीनचार वर्ष अघिदेखि यादवले छोरीको संवेदनशील अङ्गहरूमा छुने गर्दै, डर देखाउँदै, धम्क्याउँदै आएका थिए। छोरी १२ कक्षामा पढ्थिन् र उनको  प्रेम एक जना शिक्षकसँग भएको थियो। बाबुको कुकृत्य आमाले पनि थाहा पाएकी थिइन् तर बाहिर ल्याएकी थिइनन्।

तर आमाछोरीले  घटनाबारे सत्यतथ्य लुकाएर राखेता पनि तिनै आमा र छोरीले सो जेठ १९ गते घटनाको खुलासा गरेका हुन्। प्रेमी शिक्षककै दबाबमा ती छोरीले प्रहरीमा जाहेरी दिएकी थिइन्। प्रहरीमा उजुरी परेपछि यादवलाई पक्राउ गरिएको हो।