१४ वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

१४ वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ



काठमाडौं- चौध वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने २४ वर्षीय श्यामलाल तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।