अस्पतालले निकाल्यो अर्को विज्ञप्ति: प्रधानमन्त्रीको स्वास्थ्य कस्तो छ ? - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

अस्पतालले निकाल्यो अर्को विज्ञप्ति: प्रधानमन्त्रीको स्वास्थ्य कस्तो छ ?



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे अस्पतालले अर्को विज्ञप्ति जारी गरेको छ । पछिल्लो विज्ञप्तिमा प्रधानमन्त्री ओलीको अवस्थाबारे जनाइएको छ ।

शिक्षण अस्पतालले साँझ बजे जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको छ ।

“सम्मानीय प्रधानमन्त्रीज्यूको शल्यक्रिया पश्चात हाल सघन कक्षमा उपचार भइरहेको तथा हाल वहाँको स्वास्थ्य अवस्था स्थिर रहेको व्यहोरा जानकारी गराइन्छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीको शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि चिकित्सकले शल्यक्रिया गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

एपेन्डिसाइटिसको शल्यक्रियामा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारीलगायतका टोली संलग्न थिए ।