आरजु र विमलेन्द्रलाई पैसा नबुझाउँदा बढुवाबाट वञ्चित भएपछि... - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

आरजु र विमलेन्द्रलाई पैसा नबुझाउँदा बढुवाबाट वञ्चित भएपछि…



काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएकी कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवाले शक्तिको दुरुपयोग गरेका अन्य घटना पनि खुल्न थालेका छन् । सरुवा बढुवामा समेत आरजुले चलखेल गरेको हल्ला चलिरहेका बेला नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ उपरीक्षक (एसएसपी)ले त्यसको रहस्य खोलेका छन् ।

अवकाशप्राप्त वरिष्ठ उपरीक्षक (एसएसपी)लव विष्टले नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभा सदस्य आरजु राणाप्रति गुनासो गर्दै सामाजिक सञ्जालमै आक्रोश पोखेका छन् । उनले बुढानिलकण्ठ बस्ने भाउजूको चाकडी गर्न मनले नमान्दा बढुवाबाट वञ्चित हुनुपरेको बताएका छन् ।

उनले आफू प्रहरी सेवामा रहँदा विभिन्न राजनैतिक आक्रमण भएकोसमेत खुलाएका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बुढानीलकण्ठ बस्ने भाउजुलाई चाकडी गर्न मनले नमान्दा बढुवा हुनबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन् ।

‘बुढानीलकण्ठ बस्ने भाउजुलाई चाकडी गर्न मनले नमान्दा बढुवा हुनबाट वञ्चित भई अवधि नै नपुगी प्रहरी सेवा बाट हटनु परेको हो ,’ उनले लेखेका छन्,’ बि सं २०७३ मा ‘सिनियारिटी’को हिसाबमा १ नम्बरमा रही कार्य सम्पादनमा अब्बल हुँदाहुँदै पनि नोटको बिटोसहित बिमलेन्द्र निधिमार्फत बुढानीलकण्ठ बस्ने भाउजुलाई बुझाउन सकिन ।‘

उनले लेखेका छन्-

म प्रहरी सेवामा रहंदा म माथी भएको राजनैतिक आक्रमण :-
पहिलो आक्रमण::
बि सं २०४७ मा सप्तरी बाट २४ घन्टामा दार्चुला सरूवा गरेको ।
कारण: रूपनी का निमुखा गांउले हरुलाई फसाउन रचिएको झुठा डांका मुद्दा दर्ता गर्न नमानेको।
सरुवा गराउने नेपाली कांग्रेस सप्तरीका नेता राम कुमार चौधरी ( प्रजातन्त्रका सेनानी श्री गीरीजा प्रसाद कोइरालाका बिश्वास पात्र ) ।
अन्तिम आक्रमण::
बि सं २०७३ मा Seniority मा १ नम्वरमा रही कार्य सम्पादनमा अव्बल हुंदा हुंदै पनि नोटको बिटो सहित बिमलेन्द्र निधि मार्फत बुढानीलकण्ठ बस्ने भाउज्यू लाई चाकडी गर्न मनले नमान्दा बढुवा हुन बाट बन्चीत भई अवधि नै नपुगी प्रहरी सेवा बाट हटनु परेको।
जय होस् , नेपाली काग्रेसको ।