सुन्तला खेतीले गाँउनै आत्मनिर्भर - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सुन्तला खेतीले गाँउनै आत्मनिर्भर



अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाँउ पालिकाको पणेना सिम्ले सुन्तला खेतीको नमुना गाँउ बनेको छ । सिम्लेमा अहिले झण्डै ७० कृषकहरु ब्यबसायीक सुन्तला खेतीमा लागेका छन ।

पणेनामा दुइ सय र सिम्लेमामात्रै झण्डै ७० जना कृषकहरुले अहिले सुन्तला खेतीबाट घटीमा ५० हजार देखि बढिमा १२ लाख सम्म मनग्य आम्दानी गरिरहेका छन ।

पणेना वाड न. १ सिम्लेमा बैदेसिक रोजगारीमा गएका युबाहरु पनि रोजगारीबाट फर्किएर ब्यबसायीक सुन्तला खेतीमा लागेका छन ।
भारतमा सिपाहीको जागिर गर्दै गर्दा खान नपाएर आएका नेपाली भन्ने असब्य शब्द सुनेका कारण भारतीय पल्टनको जागिर चटक्कै छाडेर स्वदेस फर्किएका पणेना गाविसका ७३ बर्षिय हुमनाथ पौडेल अहिले अर्घाखाँचीकै सफल नमुना सुन्तला कृषक बन्न सफल भएका छन ।

२०२७ सालमा भारतमा जागीर गर्दै गर्दा भारतीयले नेपालीहरु प्रती गरेको घृणाको बचन सहन नसकि जागीर चटक्कै छाडेर घरमै फर्किएका पौडेल नेपाली माटोमा केहि गरेर देखाउन सक्छु । भन्ने दृढ संकल्पका साथ सुन्तला खेती गर्न सुरु गरे ।

उनी आफु मात्र सुन्तला लगाएनन । सारा गाँउका मानीसहरुलाई नै सुन्तला खेती गर्न प्रेरित गरे । अभियानका साथ आफै डोकोमा बोकर घरघरमा सुन्तलाका बिरुवा पुराए । पैसा हुनेलाई बिरुबा पैसोमा बेचे नहुने संग श्रम साटे भने कसै संगबाट अन्न, डोका नाम्ला र दाउरा लिएर पनि सुन्तलाका बिरुवा घरघरमा लगाउन अनुरोध गरे । कसैकसैलाई निशुल्क बिरुबा दिएर पनि सुन्तला लाउन प्रेरित गरे हुमनाथले ।

उनले आफ्नो घरमा मात्रै सुन्तला खेतीबाट बार्षिक ६ लाख रुपैया भन्दा बढि आम्दानी हुने गरेको र आफ्नो परिबारलाई मस्तीले खान लाउन पुगेको बताए । उनको सुन्तला बगैचामा अहिले झण्डै साढे ६ सय सुन्तलाका बिरुवा रहेका छन । बारी, खेत, खर्क सबैमा सुन्तलाको खेती गरेका छन ।
एक ब्यक्तिको पहलमा २०२७ सालमा सुरु भएको सुन्तला खेतीले अहिले पणेना गाविस र पोखराथोक गाविसमा समेत प्रमुख उत्पादनको स्रोत बनेको छ ।
ब्यबसायीक सुन्तला खेतीमा लागेका सिम्लेका रेवतीराज पौडेलको बगैचामा झण्डै चार सय पचास सुन्तलाका रुख रहेका छन । ती रुखहरुबाट बार्षिक तीन देखि पाँच लाख रुपैया आम्दानी हुने गरेको उनको भनाई छ । सुन्तला बिक्रीको लागि पनि सिम्लेका सुन्तला उत्पादक कृषकलाई कुनै समस्या छैन । यहा उत्पादन भएको सुन्तला प्रति केजी ७५ रुपैया देखि ९० रुपैयामा बुटबलको बजारमा बिक्री भैरहेको शिक्षक समेत रहेका पौडेलले बताए । गएको बर्ष भन्दा अहिले सुन्तला राम्रो छ झण्डै चर लाख कमाइन्छ होला उनले भने ।

सुन्तला बिक्रीबाट मात्र हैन सुन्तला र सुन्तला जातका बिरुबाको नर्सरी राखि बिरुबाहरु बेचेर पनि सिम्लेका कृषक पौडेलले बार्षिक पाँच , ६ लाख रुपैया कमाउने गरेका छन । उनको बगैचामा अहिले सुन्तला, कागती,जुनार इन्डियन किन्नु जातको सुन्तला, जापनीज उन्सु जातको सुन्तलाका बिरुबा बिक्रकीबालागि ५० हजार बिरुवा रहेका छन । गएको बर्षमात्र साढे चार लाखको बिरुबाहरु बिक्री गरेको र यो बर्ष झण्डै १० लाख रुपैया सुन्तला जातका बिरुबाहरु बिक्री गरेर आम्दानी हुने बताए ।