दलित संघको अर्घाखाँचीको अधिवेशन सुरु - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

दलित संघको अर्घाखाँचीको अधिवेशन सुरु



घनश्याम पौडेल /सन्धिखर्क । नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले नेपाली काग्रेसलाई जिल्ला देखि गाउँसम्म शशक्त बनाएर लैजाने बताए ।

नेपाल दलित संघको पाँचौ जिल्ला अधिवेशनलाई सम्बोधन गदै सभापति मुस्कानले नेपाल दलित संघले पार्टिलाई मजबुद बनाउन राम्रो सहयोग गरेको बताए ।

प्रदेस सांसद प्रकाश स्नेहीले नेपाली कांग्रेसले दलितका हक र अधिकारका लागि सधै अंग्रपतिमा रहेर आवाज उठाउने बताए ।

उनले अहिले नेपाल कांग्रेस ससतm प्रतिपक्षमा बसेर संगठ बिस्तारमा लाग्नु पर्ने बताए। कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति पिताम्बर भुसाल, कमल प्रसाद भुसाल, प्रदेश सासंद निर्मला क्षेत्री, जिल्ला उपसभापति शान्ता भण्डारीले जिल्लाको बिकास निर्माणमा आम नागरिक माझ बिकास निर्माणका योजना लिएर जाने बताए ।

कांग्रेसका महासमिति सदस्य केशब श्रेष्ठ, यादव घिमिरे, कांग्रेस नेता हरि बहादर खड्का, नेपाल टे«ड युनीयनका प्रदेश सदस्य नन्दराम भटराई, नेपाल दरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, महिला संघकी जिमा अर्याल, ट्रेड युनियनका अच्युत पन्थी, नेपाल विद्यार्थी संघकी केन्दिय सह महामन्त्री ललिता सुनार, जिल्ला उपाध्यक्ष नेत्र मरासिनी, प्रेस युनियनका सुर्यप्रसाद भुसाल लगायतले सुभकामना मन्तव्य राखे ।

कार्यक्रमको मणिराम परियारको अध्यक्षता र पृतम दलितको सञ्चालनमा सम्पन्न भएको हो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।