‘हाम्रो प्यारो अर्घाखाँची’ गितको बिमोचन - Himal Post Himal Post
  • १६ मंसिर २०८०, शनिबार
  •      Sat Dec 2 2023
Logo

‘हाम्रो प्यारो अर्घाखाँची’ गितको बिमोचन



घनश्याम पौडेल ‘परिश्रमी’
अर्घाखाँची, १ पौष
अर्घाखाँची जिल्लामा जन्मिएर विगत लामो समय देखी कलाकारीता क्षेत्रमा रही बिशेषत लोक दोहोरी गीतलाई प्राथमिकतामा राखी गीतहरू गर्देै आइरहेका गायक गायिका विश्वास नेपाल, वसन्त लम्साल, जमुना सनम, कल्पना श्रिपालको स्वरमा यसपालि आफू जन्मिएको जिल्लालाई समेटी त्यहाँका कला संस्कृति रिति रिवाज र त्यहाँका पर्यटकीय, धार्मिक क्षेत्रलाई अर्घादरबार फिल्मस प्रा.ली को प्रस्तुतिमा हाम्रो प्यारो अर्घाखाँची गिती एल्बम तयार पारी आज सदरमुकाम सन्धिखर्कमा विमोचन भएको छ ।

वसन्त लम्साल र विश्वास नेपालको शब्द र वसन्त लम्सालको लयमा तयार परेको गीत हाम्रो प्यारो अर्घाखाची, अर्घाखाचिको सान पर्यटकिय सम्मान जिल्ला लाई पर्यटकिय स्थल बनाउन र अर्घाखाचीलाई चिनाउन गरिएको यो अभियानमा जिल्लाका थुप्रै पर्यटकिय स्थानहरू सुपा देउराली अर्घाको दरबार, खाँची मैदान, मथुरा बेसी, बल्कोट पौवा , खिदिमको साततले गुफा, फुदवाङ , खन को जालकाडा, पृथ्वी नारायण शाहको मावली डिहिडाडा श्री चन्द्र प्रभा उ मा बि त्यसै गरी पाली को कमला उ.माबी , ठाडाको डमरु दह , नरपानी चुन ढुङगा , थुप्रै ठाउँमा गई छायाङ्कन गरेको गीतमा अर्घाखाची कै कलाकार शीतल के.सी , सुरुची रायमाझी , बाबुराम भुषाल, बबिन नेपाल यबराज थापा, सहयोगी बिसी, राजु खड्का, विन्दु घिमिरे लगायतको अभिनय रहेको गीतको आज प्रमुख जिल्ला अधिकारी कृष्ण कहादुर कटुवालले विमोचन गर्नुभएको हो ।

बिमोचनपछी मन्तव्य राख्दै कटुवालले मेरो प्यारो अर्घाखाँची गितिचीत्र एकदमै राम्रो भएको भन्दै प्रशंशा गर्नुभएको थियो । कटुवालले भिडियो हेदाृ आन्नद भएतापनी निमार्ण गर्दा निकै मेहनत लाग्ने भएकोले सम्पुर्ण टिमलाल बधाई दिदै आगामी दिनमा पनी सफलताको शुभकामना दिनुभएको थियो ।

स्थानिय विकास अधिकारी प्रदिप पौडेलले यस गित निमार्णका लागी जिल्ला विकास समितीको सहयोग रहेको र आगामी दिनमा पनी सहयोग रहने बताउनुभयो ।

उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष कृष्ण श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष हिमवहादुर जिसी लेकाली लगाएतले शुभकामना मन्तव्य राख्दै गितको सफलताको शुभकामना दिनुभएको थियो । विमोचन कार्यक्रम कृष्ण आचार्यको अध्यक्षता, विश्वास नेपालको स्वागत र सागर परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।