अरनिको युवा क्लबले चुम्यो फोर्स फुटबल कपको उपाधि - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

अरनिको युवा क्लबले चुम्यो फोर्स फुटबल कपको उपाधि



किशोर तामाङ
कञ्चनपुर, पुनर्वास ।।
ख्रिष्ट्रियनहरुको महान चाड ख्रिष्टमसको अवसर पारेर स्वस्थ्यका लागि खेलकूद र राष्ट्रका लागि खेलकूद भन्ने मुलनाराका साथ सुदूर पश्चिमाञ्चलको दक्षिणी भेगमा अवस्थित पुनर्वास नगरपालिका १ स्थित बिरेन्द्र युवा क्लव द्धारा फोर्स फुटबल कप २०७४ सञ्चालन गरिएको थियो ।
गत पुसको ६ गतेबाट सञ्चालन भएको उक्त खेल आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
पुनर्वास नगरपालिका १ बल भद्रबस्ती स्थित आफ्नै घरेलु खेलमैदानमा शान्त मनोरम बतावरणमा क्लबका अध्यक्ष चन्द्र बहादुर तामाङको सभापतित्व र कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष श्री गणेस चन्दको प्रमुख अतिथिमा सम्पन्न भएको छ ।
यसैगरि विशिष्ट अतिथिमा वडा अध्यक्ष प्रताप चन्द ,रहनुभएको थियो भने अतिथिमा खेलकुद बिकास समितिका सदस्य कृष्ण बहादुर तामाङ कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष जित ब. तामाङ, कञ्चनपुर जिल्ला फुटबल संघका सदस्य लालमान तामाङ,स्थानिय पाष्टर नेले तामाङ, धर्मलामा तामाङको साथमा बिभिन्न क्लावका अध्यक्षहरु अतिथिको आसनमा आसिन हुनुहुन्थ्यो ।
यस फुटबल खेलमा जम्मा २० टीमको सहाभागिता रहेकोमा सबै टीमलाई पाछि पार्दै फाईनल खेलमा आयोजक टीम बिरेन्द्र युवा क्लब र अरनिको युवा क्लब प्रबेश गर्न सफल भएका थिए । प्रतिस्पर्धातत्मक खेल पश्चात १ को बिरुद्ध ३ गोलको अन्तरले आयोजक टीमलाई पछि पार्दै अरनिको युवा क्लबले फाईनल हात पारेका छन ।
कार्यक्रममा फुटबल प्रतियोगितामा प्रथम हुने टीम अरनिको युवा क्लबले रु ५१ हजार ,ट्रफी,मेडल र प्रमाण पत्रहरु प्राप्त गरेका छन भने द्धितिय हुने आयोजक टीम बिरेन्द्र युवा क्लबले ३१ हजार ,ट्रफी,मेडल को साथमा प्रमाण पत्र प्राप्त गरेको छ । यसै गरि आयोजक टीमले तेस्रो स्थानको लागि पनि फुटबल खेलमा प्रतिस्पर्धा गराईएको थियो । समुह क का सेमिफाईनल उपबिजेता र समुह ख का सेमिफाईनल उपबिजेता बीच खेल हुदा युनाईटेट आई बि आर डी भर्सेस बेलौरी खेलकुद बिकास समिति बिचको कडा प्रतिस्पर्धामा बेलौरी ०–१ ले बिजयी बनेको छ । तेस्रो स्थानका बिजयी टीमले पनि नगद रु ११ हजार प्राप्त गरेको छ ।

फोर्स फुटबल कप २०७४ प्रतियोगितामा छनौट कमिटी द्धारा उत्कृष्ट खेलाडीमा विरेन्द्र युवा क्लबका उमेस लामा , उत्कृष्ट डिभेन्टरमा विरेन्द्र युवा क्लबका सोयल तामाङ, उत्कृष्ट गोल रक्षक विरेन्द्र युवा क्लबका हिमाल तामाङ , उत्कृष्ट गोलकर्ता अरनिको युवा क्लावका सुनिल तामाङ घोषित गरिएको छ ।
अनेकौ चुनौतीहरुको सामना गर्दै बिन वादबिवाद खेल सञ्चालन गरि समापन गर्ने पाएकोमा आयोजक टीम खुशी भएको आयोजक टिमले बताउनुभएको छ ।
तीलक तामाङले सञ्चालन गरिएको उक्त कार्यक्रमलाई आयोजक टीमका अध्यक्ष एवम कार्यक्रम सभापति श्री चन्द्रब तामाङ द्धारा फुटबल फाईनल खेलको समापन गरिएका थिए ।