सन्धिखर्कमा जारि एपिएलमा नमस्ते अर्घाखाँची र अर्घा रियल स्टेट एम्सको विजयी सुरुवात - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

सन्धिखर्कमा जारि एपिएलमा नमस्ते अर्घाखाँची र अर्घा रियल स्टेट एम्सको विजयी सुरुवात



कमल विष्ट, जेष्ठ १३, अर्घाखाँची
सन्धिखर्कमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) मा नमस्ते अर्घाखाँची र अर्घा रियल स्टेट एम्सले विजयी सुरुवात गरेका छन् ।

आज भएको प्रतियोगिताकै पहिलो खेलमा रोयल सन्धिखर्क लाई १६ रनले पराजित गर्दै नमस्ते अर्घाखाँचीले पहिलो जित दर्ता गराएको हो भने आजै भएको दोस्रो खेलमा सुपर सुपा इलाभेनलाई पराजित गर्दै अर्घा रियल स्टेट एम्सले जित दर्ता गरेको हो । जसमा नमस्ते अर्घाखाँचीका केशव गैरे म्यान अफ दि म्याच घोषित भएका छन् ।

यस्तै दोस्रो खेलमा १२७ रनको लक्ष्य पछ्याएको अर्घा रियल स्टेट एम्सले दुई ओभर बाँकी छँदै सात विकेटको क्षेतीमा लक्ष्य पुरा गरेको थियो । जसमा अर्घा रियल स्टेटका मनोज सापकोटा म्यान अफ दि म्याच भएका थिए ।

यसै गरी भोलीको पहिलो खेलमा रोयल सन्धिखर्क र सुपर सुपा इलाभेन भिड्नेछन् भने दोस्रो खेलमा नमस्ते अर्घाखाँची र एडभान्स अर्घा रियल स्टेट एम्स बिच खेल हुने संयोजक ऋषि भट्टराईले जानकारी दिएका छन् ।