एपिएलमा आज दुई खेल,एड्भान्स अर्घा शीर्ष स्थानमा ! - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

एपिएलमा आज दुई खेल,एड्भान्स अर्घा शीर्ष स्थानमा !



कमल बिस्ट(जेष्ठ १७)

सन्धिखर्कमा जारी अर्घाखाँची प्रीमियर लिग एपिएलमा समूह चरणको १० खेल सम्पन्न हुँदा एड्भान्स अर्घा ५ खेलमा ५ जित निकाल्दै समूह चरणको शीर्ष स्थानमा रहेको छ त्यस्तै ५ खेल खेलिसकेका सुपर सुपा एलाभेन र नमस्ते अर्घाखाँचीले समान ४/४ अन्क जोडेका छन्, त्यस्तै ५ खेलबाट एक जित मत्रै निकालेको रोयल सन्धिखर्क २ अन्क सहित पुछार मा छ । अब समूह चरणका जम्मा दुई खेल मात्र बाकी रहेका छन् ।

आज पनि एपिएलमा २ खेल सम्पन्न भए जस्मा सुपर सुपा र रोयल सन्धिखर्क बिच पहिलो खेल भएको थियो , जस्मा रोयल सन्धिखर्कले १९ ओभर सकिदा आफ्ना सबै विकेट गुमाउदै १११ रन मात्र जोड्न सक्यो जसको जवाफी ब्याटिङ्गमा उत्रेको सुपर सुपा ले उक्त लक्ष्य १८ ओभरमा ४ विकेट गुमाउदै पूरा गरी जित निकाल्यो सुपर सुपाको जितमा अरुण श्रेष्ठ म्यान अफ दि म्याच घोशित भए ।

त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा एड्भान्स अर्घा र नमस्ते अर्घाखाँची आमने सामने भए , जस्मा एड्भान्स अर्घा ले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर मा ७ विकेट गुमाएर १५२ रन जोड्यो १५३ रन चुनौती सामना गर्न मैदान उत्रेको नमस्ते अर्घाखाँची १७ ओभरमै आफ्ना सबै विकेट गुमाउदै ९३ रन मात्र जोड्न सक्यो जस्मा एड्भान्स अर्घा ५९ रनले विजयी भयो ।
एड्भान्स अर्घाको जितमा व्यक्तिगत ८० रन जोड्दै एक विकेट लिएका कप्तान बिक्रमकुमार भुसाल म्यान अफ दि म्याच घोशित भए ।

लिगका समूह चरणका बाकी २ खेल भोलि बिहान ७ बजेबाट सुरु हुने एपिएलका संयोजक ऋषिकेश भट्टराईले जानकारी दिनुभएको छ ।