एपिएल फाइनलमा एड्भान्स अर्घा र सुपर सुपा भिड्ने-फाइनल भिडन्त शनिबार  - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

एपिएल फाइनलमा एड्भान्स अर्घा र सुपर सुपा भिड्ने-फाइनल भिडन्त शनिबार 



कमल बिष्ट\ अर्घाखाँची १८ जेष्ठ 

 

सन्धिखर्कमा जारी बहुप्रतिक्षित सर्बाधिक राशीको क्रिकेट लिग अर्घाखाँची प्रीमियर लिग एपिएलमा एड्भान्स अर्घा र सुपर सुपा एलाभेन फाइनल प्रवेश गरेका छन ।

६ खेलमा ६ वटै जित निकालेर १२ अन्क जोडेको एड्भान्स अर्घा र ६ खेलमा ३ जित निकालेर ६ अन्क जोडेर सुपर सुपाले एड्भान्स अर्घा सङ्ग फाइनल भिडन्त पक्का गरेको हो , त्यस्तै ४ अन्क जोडेको नमस्ते अर्घाखाँची र २ अन्क जोडेको रोयल सन्धिखर्क भने खेल बाट बाहिरिएका छ्न ।

लिग बिजेताले नगद एक लाख र उपबिजेताले पचास हजार सहित ट्रफी , मेडल र प्रमाणपत्र को समेत ब्यवस्था गरिएको प्रतियोगितामा आगामी शनिबार तुलनात्मक रुपमा बलिया मानिएका बिक्रमकुमार भुसालको कप्तानिमा रहेको एड्भान्स अर्घा र तृभुज कार्किको कप्तानिमा रहेको सुपर सुपाको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

त्यस्तै समूह चरणको अन्तिम दुई खेल पनि आजै सम्पन्न भएका छन , पहिलो खेलमा नमस्ते अर्घाखाँचीले सुपर सुपालाइ निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो, जवफी ब्याटिङमा उत्रेको सुपर सुपाले १५ ओभरमै आफ्नो दुई विकेट गुमाएर लक्ष्य पूरा गर्दै फाइनल प्रवेशको लागि जित सुनिस्चित गर्‍ओ, सुपर सुपाको जितमा ५४ रन जोडेका सन्देश पुन म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा रोयल सन्धिखर्कले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १२४ रन जोड्यो १२५ को लक्ष्य पक्ष्याउदै जवाफी ब्याटिङमा उत्रेको एड्भान्स अर्घा ले १५ ओभर चलिरहदा आफ्नो ६ विकेट गुमाउदै लक्ष्य पूरा गर्‍यो । एड्भान्स अर्घाको जितमा ५३ रन जोड्दै १ विकेट लिएका मनोज सापकोटा म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता बारे जानकारी दिदै एपिएलका संयोजक ऋषिकेश भट्टराईले फाइनलको लागि समेत केही प्राबिधिक बाहेक सम्पुर्ण तयारी पूरा भएको जानकारी दिदै यो एतिहासिक खेलको फाइनल बिडन्तको मज्जा लिन सम्पुर्ण खेलप्रेमिमा आह्वान समेत गर्नुभएको छ ।

खेल हुने समय मौसमको अनुकुलता हेरेर तय गरि सबैमा सुचित गरिने उहाले जानकारी दिनुभएको छ ।