माओवादी केन्द्रका प्रभावशाली नेता अनन्त र प्रभाकर एकै ठाउँमा - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

माओवादी केन्द्रका प्रभावशाली नेता अनन्त र प्रभाकर एकै ठाउँमा



नेकपा माओवादी केन्द्रका उपमहासचिवद्वय वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकर बुधबार एउटै मञ्चमा देखिएका छन्।

कुनै समय दुई कित्तामा रहेका यी दुई नेताहरुलाई माओवादीनिकट अखिल क्रान्तिकारीले एउटै कार्यक्रममा उपस्थित गराएर एकै ठाउँ राखेको हो।

यतिबेला माओवादीको तीन महिने रुपान्तरण अभियान चलिरहेको छ। क्रान्तिकारीको अहिलेको संरचना भंग गरेर महाधिवेशन आयोजक समिति बनाइएको छ। यही बेला दुवै प्रभावशाली उपमहासचिवलाई बोलाएर क्रान्तिकारीले छलफल गरेको हो।

‘पार्टी नेतृत्वसँग पार्टी अभियान लगायत विविध विषयमा अखिल क्रान्तिकारीको संक्षिप्त छलफल’क्रान्तिकारीका नेता जिपी मैनालीले सामाजिक सञ्जाल फेसबुकमा दुई नेताको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्।

शर्मा माओवादीको सम्भावित महासचिवका रुपमा हेरिएका नेता हुन्। माओवादीले आगामी चैत्रभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

अहिले उपमहासचिव पुनले विशेष प्रदेशको जिम्मेवारी सम्हालिरहेका छन्। उता शर्मा बागमती प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेका छन्।