अनिश्चित बन्यो मन्त्रिमण्डल पुनर्गठन, के हुन्छ अब ? - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

अनिश्चित बन्यो मन्त्रिमण्डल पुनर्गठन, के हुन्छ अब ?



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गर्ने भनेको पुनर्गठन अनिश्चित बनेको छ ।

प्रधानमन्त्री ओलीले बुधबारै साँझ होटल याक एन्ड यतीमा हुने श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुपर्ने भएका कारण बुधबार मन्त्रिपरिषद पनर्गठन नहुने बताइएको छ ।

स्रोतका अनुसार अध्यक्ष बुधबार मन्त्री हेरफेर नहुने बताइएको छ। बुधबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच मन्त्री हेरफेरमा छलफल भएको थियो। त्यसलगत्तै दुई अध्यक्ष थप छलफलका लागि राष्ट्रपति निवास पुगेका थिए।

दुई अध्यक्षको राष्ट्रपतिसँगको छलफलपछि बुधबार दिउँसो बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठक बस्यो।

बैठकले दुवै अध्यक्षको कार्यविभाजन गर्दै सरकारको सम्पूर्ण अधिकार प्रधामन्त्री ओलीलाई र पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई दिने निर्णय गरेको छ।