अनेरास्ववियुद्धारा पुस्तक विमोचन - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

अनेरास्ववियुद्धारा पुस्तक विमोचन



बुटवल। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पक्लिहवा कृषि क्याम्पसमा आरोहण–२ को बिमोचन सम्पन्न गरेको छ ।

अनेरास्ववियु क्याम्पस कमिटीको आयोजनामा शनिवार पक्लिहवा कृषि क्याम्पसको सभाहलमा भएको बिमोचन कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उप–प्रमुख उमा अधिकारीले आफु जुन उद्देश्यका साथ क्याम्पसमा प्रवेश गरेको त्यो उद्देश्य पुरा गर्ने कुरामा विद्यार्थीहरुले कुनै कन्जुसाई गर्न नहुने बताए ।

उनले नेपालमा प्राबिधिक शिक्षालाई अझ ब्यापक वृद्धि गरी प्रयोगात्मक, गुणस्तरीय र रोजगार उन्मुख बनाउँदै लैजानुपर्ने आवश्यकता देखिएको बताए । कार्यक्रममा बोल्दै अनेरास्ववियु रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेले प्राबिधिक शिक्षामा सबै वर्ग र भुगोलका मानिसको पहुँच पुर्याउन सक्नु अहिलेको टडकारो खाँचो भएको बताए ।

उनले प्राबिधिक र ब्यावसायिक शिक्षाको विकासका लागि रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने बताए । मानिसहरु आफ्नै क्षेत्रमा सिर्जनशील काममा क्रियाशील हुँदा त्यसले पक्कै पनि त्यो क्षेत्रको सामाजिक, आर्थिक र भौगोलिक विकासमा टेवा पुग्ने उनकाे भनाई थियाे ।

अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष उत्सव पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रगतिशिल प्राध्यापक संगठनका क्याम्पस अध्यक्ष थानेश्वर पाण्डे, अनेरास्ववियुका जिल्ला सहसचिव शेषकान्त पोखरेल, क्याम्पसका उप–प्राध्यापक हुमा न्यौपाने, संगम विश्वकर्माले लगायतले बाेलेका थिए भने  कार्यक्रमको स्वागत केशव खरेल र सञ्चालन निराजन तिमिल्सिनाले गरेका थिए ।