विजय जोशीको अध्यक्षतामा एनकाको नया कार्यसमिति - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

विजय जोशीको अध्यक्षतामा एनकाको नया कार्यसमिति



साउथ अस्ट्रेलियामा रहेको एडीलेड नेप्लिज क्रिकेट एशोसीयसनले ( एनका) २०२० -२२ कार्यकालको लागी लागि नया कार्यसमिति चयन गरेको छ । नया सत्रको लागि विजय जोशी अध्यक्ष भएका छन् भने उपाध्यक्षमा सन्तोष अधिकारी सचिबमा निश्चल श्रेष्ठ , कोषाध्यक्षमा दिपेश राज पाण्डे , पब्लिक अफिसरमा दिपक क्षेत्री ,कार्यसमिति सदस्यमा धिरज ज्ञवाली , सबु पौड्याल , बिनिता सिंह, डोल्कर गुरुङ , अंकित पौड्याल , प्रेम पौड्याल रहेका छन्।

एनकाको वार्षिक साधारण बैठक बाट चयन भएको नया नेतृत्वलाई एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक नबिन पन्त , एनकाको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस एडीलेड प्रमुख रुपक बर्तौला लगायतका उपस्थित अतिथिहरुले शुभकामाना ब्यक्त गरेका थिए। उक्त कार्यक्रममा बोल्दै एनआरएन साउथ अस्ट्रेलियाका संयोजक पन्तले सानो अबधिमा नेपाली समुदायमा मात्रै नभएर साउथ अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा समेत एनकाले उचाई बढाएको बताए। खेलकुद एशोसीयसनलाई अगाडी बढाउनको लागि म्यानेजमेन्टको महत्वपूर्ण भूमिका हुने र सँस्थालाई दिगो रुपमा लैजान एनकाले युबाहरुलाई सामबेश गरेर लिडरशिप ट्रासफर्मेसनमा जोड दिएकोमा धन्यबाद समेत ब्यक्त गरेका थिए ।

एनकाका अध्यक्ष विजय जोशीले २०१९-२० मा गरेका कार्यक्रमहरुको समिक्षा गर्दै रिपोर्ट प्रस्तुत गरेका थिए भने कोषाध्यक्षमा दिपेश राज पाण्डेले आर्थिक बिवरण प्रस्तुत गरेका थिए। नया कार्यसमितिको बारेमा बताउदै अध्यक्ष जोशीले यस सत्रमा कार्यसमिति सदस्यको रुपमा महिलाहरुको सहभागिताले निरन्तरता पाएकोमा आफू उत्साहित भएको बताए। एनकालाई अझै थप उचाईमा पुराउने प्रतिबद्धता सहित एनकाले २०२० -२१ का लागि बार्षिक क्यालेण्डर समेत सार्बजनिक गरेको छ।