एनका र एस.ए डिफ क्लब बिच मैत्रीपूर्ण क्रिकेट खेल सम्पन्न - Himal Post Himal Post
  • २ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 14 2025
Logo

एनका र एस.ए डिफ क्लब बिच मैत्रीपूर्ण क्रिकेट खेल सम्पन्न



– साउथ अस्ट्रेलिया

एडीलेड नेप्लिज क्रिकेट एशोसियन ( एनका) र साउथ अस्ट्रेलियन डिफ क्रिकेट (एस.ए डिफ) क्लब बिच यहि आईतबार मैत्रीपूर्ण खेल सम्पन्न भएको छ। क्रिकेट खेलको माध्यम बाट बहुसांस्कृतिक समुदायहरुमा छुट्टै पहिचान स्थापित गर्दै आएको एनकाले यस खेल मार्फत सोहि निरन्तरता दिएको क्लबका अध्यक्ष बिजय जोशी बताए।

पार्क २५ मा भएको २० ओभरको उक्त खेलमा एनकाले ९ विकेट सहित जित हासिल गर्न सफल भएको थियो। १९ तारिक दिउसो १२ बजे बाट सुरु भएको उक्त खेलमा एस. ए डिफ क्लबले टस जितेर ब्याटिंगमा उत्रिएर थियो। ७७ रनको लक्ष्य पाएको एनकाले १ विकेटको क्षति सहित ६ ओभर मै जित हासिल गर्न सफल भएको थियो। श्रावण शक्ति कम भएता पनि उनीहरुको खेल्ने शैली बाट आफु प्रभाबित भएको विजय जोशीले बताए। उनले भने ” श्रवण शक्ति कम भएका साउथ अस्ट्रेलियन साथीहरुसँग खेल्दा एउटा उत्कृष्ट अनुभब गर्यौ , खेलाडीहरुमा हुनुपर्ने क्षमतामा कुनै कमि थिएन। श्रवण शक्ति कम भएका खेलाडीहरुको सम्मानमा खेलको माध्यम बाट केहि समय दिन पाएकोमा एनका टिम सहित आफु खुसि रहेको जोशीले बताए। उक्त खेलमा प्रवेश थापा म्यान अफ द म्याचको उपाधि पाउन सफल भएका थिए।