एनका अनलाईन अवार्ड समारोह सम्पन्न - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

एनका अनलाईन अवार्ड समारोह सम्पन्न



एडीलेड नेप्लिज क्रिकेट एशोसियनले ( एनका) ले आफ्नो खेलकुद सत्रको अन्त्य सँगै गर्दै आएको “अवार्ड समारोह” यस सत्रमा अनलाईन मार्फत गरेको छ । बिगतमा डिनर कार्यक्रमसँगै अतिथिहरु र खेलाडीहरुको सहभागितामा हुदै आएको कार्यक्रम यस वर्ष भने कोभिड-१९ ले प्रभावित गरेको छ। अनलाईनको माध्यम बाट खेलाडीहरुसँग जोडिएर अवार्ड कार्यक्रम सम्पन्न गरेको र सामाजिक संजाल मार्फत अवार्ड भिडियो प्रेषित गरिएको एडीलेड नेप्लिज क्रिकेट एशोसियन ( एनका) का अध्यक्ष बिजय जोशीले बताए। प्रिमियर अफिसका लागि सहायक मन्त्रि जिंग ली, अस्ट्रेलियन पाराल्याम्पिक खेलाडी कट्रिना वेब्ब, साउथ अस्ट्रेलियन क्रिकेट एशोसीयसनले भिडियो सन्देश मार्फत एनकालाई शुभकामना सन्देश समेत प्रेषित गरेका थिए। जोशीका अनुसार एनआरएनए साउथ अस्ट्रेलिया र सम्पूर्ण नेपाली संघ सँस्थाको संयोजनमा गठन भएको साउथ अस्ट्रेलियन नेपाली कम्युनिटी कोभिड-१९ रिलिफ टास्कफोर्सको माध्यम बाट एनकाले आवश्यक परेको बिधार्थीहरु र नवआगन्तुकहरुलाई सहयोग गरेको समेत उल्लेख गरे।

एनकाले यस सत्रमा गरेका कार्यक्रमहरु :

एनका अवार्डका बिजेता खेलाडीहरु

आगामी कार्यक्रम :

साउथ अस्ट्रेलियन क्रिकेट एशोसीयसनले आयोजना गर्ने व्हिनटर टुरनामेन्टमा एनकाले सहभागिता जनाउने भएको छ। जून १४ तारिक देखि २७ तारिक सम्म संचालन हुने टि -२० फर्मेटमा हुने उक्त टुरनामेन्टमा करिब ३८ टिमहरुले सहभागिता जनाउने भएका छन । खेलाडीहरुको सुरक्षालाई बिशेष प्राथमिकतामा राखेर साउथ अस्ट्रेलियन क्रिकेट एशोसीयसनले यस टुरनामेन्टमा जुटेको जोशीले जानकारी दिए। यस टुरनामेन्टले खेलाडीहरुलाई कोभिडको तनाबलाई कम गर्न समेत भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ।