एक्स्पर्ट एनका लिगमा सुनम गौतमको २३० रनको कीर्तिमानी - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

एक्स्पर्ट एनका लिगमा सुनम गौतमको २३० रनको कीर्तिमानी



एडीलेड नेप्लिज क्रिकेट एशोसीयसन ( एनका) को आयोजनामा साउथ अस्ट्रेलियामा जारी एक्स्पर्ट एनका लिग २०१९- २० सत्रमा एनका वारियर र एनका केनाईटस बीच भएको खेलमा सुनम गौतमले २३० रनको दुर्लभ कीर्तिमानी गराएका छन। भिक्टोरिया पार्कमा टस जितेर ब्याटिङ गरेको एनका वारियरले २० ओभरमा २ विकेट गुमाउँदै ३०८ रन बनायो । जसका लागि सुनम गौतमले ७७ बलमा २८ छक्का र ९ वटा चौकाको मद्दतले २३० रनको कीर्तिमानी गराउन सफल भएका थिए। त्यसै गरी कप्तान सागर कँडेलले ३६ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै कुल ५३ रन जोड्न सफल भएका थिए भने सागर तिवारीले ४ रन र आशिष रानाले १ रन गराएका थिए।

जवाफमा एनका केनाईटसले १८० रन मात्र गराउन सफल भएको थियो। एनका केनाईटसका लागी ओपनर ब्याट्समेन दिपक क्षेत्रीले ४१ बलमा ८२ रन जोड्न सफल भएका थिए। त्यसैगरि क्रमश : महेश खुकुरेल ३१ , राजु गुरुङ २५ , सरोज ज्ञवाली १२ , निर्जित रिमाल ७ , जिबन्त सापकोटाले ९ रन जोडेका थिए।

खेलको बारेमा प्रतिक्रिया दिदै एनका अध्यक्ष विजय जोशीले भने ” यस खेल एनका लिगको लागि मात्र होइन क्रिकेटको इतिहासमा समेत सम्झन लायकको सुनमको उत्कृष्ट खेल रहेको थियो। ” साउथ अस्ट्रेलियन प्रिमियर क्रिकेटका ‘ए’ग्रेड खेलाडी सुनम गौतम , “बि”ग्रेड खेलाडी दिपक क्षेत्री लगायतका अनुभबी खेलाडीहरु एनकामा खेल्दै आएकोले आगामी अप्रिल १० देखि १३ सम्म क्यानबेरामा हुने ओशिनिया नेपाली स्पोर्ट्स मिटमा समेत एनकाले राम्रो प्रदर्शन गर्ने बिश्वाश जोशीले ब्यक्त गरे।