एनकाले सत्र २०१७-१८ को बार्षिक कार्यक्रम सार्बजनिक गर्दै - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एनकाले सत्र २०१७-१८ को बार्षिक कार्यक्रम सार्बजनिक गर्दै



 

साउथ अस्ट्रेलिया |

एडीलेड नेप्लिज क्रिकेट एशोसियन ( एनका)ले सत्र २०१७-१८ मा आयोजना गरिने बार्षिक कार्यक्रमहरुको बारेमा जानकारी दिदै उद्घाटन कार्यक्रम आयोजना गर्ने भएको छ । यहि १५ अक्टोबर आईतबारको दिन भिक्टोरिया पार्कमा आयोजना हुने उक्त कार्यक्रम दिउसो १:३० देखि ४:३० सम्म चल्ने एनकाका अध्यक्ष बिजय जोशीले बताएका छन। जोशीका अनुसार उक्त कार्यक्रममा बार्षिक कार्यक्रमहरु सार्बजनिक गर्नुका साथै खेलाडीहरुलाई टि-शर्ट वितरण कार्यक्रम समेत राखिएको छ। उनले भने ” यति मात्र होइन क्लबलाई अझै थप उच्चाईमा लैजाने उद्देश्यका साथ हामीले तयारी गर्दै छौ , त्यो सप्राईज हामीले सोहि दिन दिने छौ। ” कार्यक्रमको बारेमा थप्दै जोशीले भने ” हाम्रो अर्को उद्देश्य यहाँ हुर्कदै गरेको दोश्रो पुस्ता पनि खेलकुद तर्फ आकर्षित होस र भबिष्यमा यहाँका ठुला क्लबहरुमा उनीहरु खेल्न तयार हुन भनेर अहिले देखि नै प्रोत्साहित गर्ने कार्यक्रमहरु समेत गरेका छौ। ” सोहि क्रममा एनकाले बालबालिकाको लागि खेलकुद सामग्रीहरु बितरण गर्न लागेको जोशीले बताए।

खेलकुद सत्र २०१६ / १७ मा एडीलेड नेप्लिज क्रिकेट एशोसियनले आयोजना गरेका र सहभागिता जनाएका कार्यक्रमहरु

  • रक्तदान कार्यक्रम : सेप्टेम्बरमा एनकाले अस्ट्रेलियन रेडक्रससँगको आयोजना गरेको पहिलो रक्तदान कार्यक्रममा करिब ३० रक्तदातहरुको सहभागिता रहेको थियो
  • संसद भवनमा कार्यक्रम : सेप्टेम्बर २३ तारिकका दिन साउथ अस्ट्रेलियाको संसद भवनमा संसाद जिंग लिको आयोजनामा करिब ३० खेलाडीहरु बीच अन्तरक्रिया तथा चियापान कार्यक्रम सम्पन्न भएको थियो।
  • समका टी -२० नक् आउट प्रतियोगितामा सहभागिता : नोभेम्बर आयोजना गरिएको साउथ अस्ट्रेलियन मेट्रो पोलीटियन क्रिकेट एशोसियन कन्ट्री होम लिभिंग टी -२० नक् आउट प्रतियोगितामा क्लबले सहभागिता जनाएको थियो जहाँ श्रीलंक टिमसंग पराजित भएको थियो।
  • बालबालिका लागि क्रिकेट : अक्टोबर – डिसेमबर २०१६ का बीचमा नेपाली समुदायका बालबालिकाको लागि माइलो इन्टु क्रिकेट कार्यक्रम आयोजना गरेको थियो। करिब १६ बालबालिकाहरुको सहभागिता रहेको थियो भने बालबालिकाहरुले अस्ट्रेलिया र साउथ अफ्रीकाको टेस्ट खेलमा समेत सहभागिता जनाएका थिए।
  • नेपाल कप : मार्चमा भएको नेपाल कपमा ब्रिसबेन र एनका बीच भएको खेलमा एनकाले सफलता हासिल गर्न सफल भएको थियो।
  • सुपर सिक्स ए साईड क्रिकेट टुरनामेन्ट: फेबुररीमा एडीलेडमा तेस्रो एक्स्पर्ट सुपर सिक्स ए साईड क्रिकेट टुरनामेन्ट आयोजना गरिएको थियो । फेबुररी १२ तारिकका दिन भिक्टोरिया पार्कको ओभल १ र २ मा भएको उक्त खेलमा नेपाली समुदाय बाट ८ टिमले सहभागिता जनाएका थिए ।
  • साका फ्रेन्डसिप कप : मार्चमा भएको साका फ्रेन्डसिप कपमा सहभागिता , स्टडी एडीलेड विरुद्ध जित हासिल गर्न सफल ।
  • एनका लिग टुरनामेन्ट : यस वर्षको खेलकुद सत्रमा क्लबले आयोजना गरेको एनका लिग टुरनामेन्ट बृहत रुपमा सफल भएको थियो जहाँ एनका सुर्य टिमले जित हासिल गरेको थियो ।
  • २०१६ /१७ सत्रमा एडीलेड युनिभर्सिटीसँग भएको मैत्रीपूर्ण खेलमा एनकाले जित हासिल गरेको थियो ।
  • २०१६/१७ मा खेलाडीहरुको कौशल अभिवृद्धिको निम्ति अम्पायर र कोचिंग ट्रेनिंग लिएका थिए।
  • २०१६/१७ सत्र समापन कार्यक्रम ।