एनकाको सत्र २०१९ -२० को सिजन ओपनिङ्ग कार्यक्रम हुदै - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

एनकाको सत्र २०१९ -२० को सिजन ओपनिङ्ग कार्यक्रम हुदै



साउथ अस्ट्रेलिया

एडीलेड नेप्लिज क्रिकेट एशोसिएशन ( एनका)ले सत्र २०१९ -२० मा आयोजना गरिने बार्षिक कार्यक्रमहरुको बारेमा जानकारी दिदै सिजन ओपनिङ्ग कार्यक्रम गर्ने भएको छ । यहि १३ अक्टोबर आईतबारको दिन भिक्टोरिया पार्कमा आयोजना हुने उक्त कार्यक्रम दिउसो १:३० देखि सुरु हुने एनकाका अध्यक्ष बिजय जोशीले बताएका छन।दुबै देशको राष्ट्रगान बाट सुरु हुने उक्त कार्यक्रममा बार्षिक कार्यक्रमहरुको प्रस्तुतिसँगै नया खेलाडीहरुलाई स्वागत कार्यक्रम रहेको छ। वुलवर्थ क्रिकेट ब्लास्टका जुनियर खेलाडीहरुलाई समेत स्वागत गरिने उक्त कार्यक्रममा आफ्नो क्लबको झण्डालाई व्याख्या गर्दै खेलाडीहरुले थीम गीतमा समेत प्रस्तुति दिनेछन।

एनकाले पछिल्लो समय युवा , महिला र बालबालिका लक्षित कार्यक्रमहरु गर्दै आएको छ। २०१९ मा रक्तदान कार्यक्रम , प्रि सिजन ट्रेनिंग , दशैं सेलीब्रेसन कप , साका जुनियर कप लगायतका कार्यक्रमहरु एनकाले सम्पन्न गरि सकेको छ। परेड लगायतका अन्य कार्यक्रमहरु समाबेश गरिएको सो कार्यक्रममा सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिको लागि जोशीले आग्रह गरेका छन्।