अमेरिकामा पनि नेपालीले गरे भारतविरुद्ध प्रदर्शन - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

अमेरिकामा पनि नेपालीले गरे भारतविरुद्ध प्रदर्शन



काठमाडौं -भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा अमेरिकामा नेपालीहरुले प्रदर्शन गरेका छन् ।

अमेरिकामा रहेका प्रवासी नेपालीहरुले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राखेको बिरोधमा वासिङटन डिसीस्थित हृवाइट हाउस नजिकै पार्कमा बिरोध प्रदर्शन गरेका हुन् ।

जुलुस त्यहाँस्थित भारतीय दूतावास परिसरमा पुगेर लिपुलेक, कालापानी, लिम्पियाधुरा खाली गर, नेपाली भूमिबाट फिर्ता जाऊ, नेपाली भूमि अतिक्रमण बन्द गरलगायत नारा लगाएका थिए ।

कार्यक्रममा नेपालका अवैतनिक महावाणिज्यदूत प्रेम राजा महतले देशभक्ति गीत सुनाएका थिए भने गायक रामप्रसाद खनालले भारतलाई व्यङ्ग्य गर्दै कविता सुनाएका थिए ।

खेम संग्रौला र श्याम सुन्दर आचार्यले रातोर चन्द्र सूर्य जंगी निशान हाम्रो गीत प्रस्तुत गरेका थिए भने अन्य सहभागीहरुले कविता वाचन गरेका थिए ।प्रदर्शनका क्रममा नेपाली सीमा मिचिएको सम्बन्धी जानकारी पत्रसमेत वितरण गरिएको थियो ।

कार्यक्रममार्फत उनीहरुले नेपाल सरकारलाई सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्न सुझावसमेत दिएका थिए ।

प्रदर्शन बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिकाको संयोजकत्वमा विभिन्न संघसंस्थाको आयोजनामा भएको हो ।