अलंकार पब्लिक स्कुलमा आइसोलेन र क्‍वारेन्टाइनका लागि विद्यालयका कोठा दिने घोषणा - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

अलंकार पब्लिक स्कुलमा आइसोलेन र क्‍वारेन्टाइनका लागि विद्यालयका कोठा दिने घोषणा



कञ्चनपुर । कंचनपुरको पुनर्वास नगरपालिका-८ पृथ्वीबस्ती स्थित अलंकार पब्लिक स्कुलका प्रीन्सिपल पुष्पराज ओझाले सरकारलाई आवश्यक परे कोरोना भाइरसको आशंका लागेका व्यक्तिलाई राख्न विद्यालयका कोठा उपलब्ध गराउने बताएका छन ।

सामाजिक सन्जाल फेसबुक मार्फत प्रीन्सिपल ओझाले आफ्नो खाली रहेका १० ओटा कोठाहरु आइसोलेन र क्‍वारेन्टाइनका लागि सरकारलाई उपलब्ध गराउने घोषणा गरेका हुन।

प्रीन्सिपल ओझाले फेसबुकमा लेखेका छन” देश भर फैली रहेको कोरोना भाइरस लाई नियन्त्रण गर्नको लागि सरकार लाई आवस्यक परेको खण्डमा यस अलंकार पब्लिक स्कुल लाई अस्थायी अस्पताल बनाउन दिइने कुरा जानकारी गराउदै , कोरोना भाइरस लाई मजाक को रुपमा न लिई यसलाइ बेलैमा नियन्त्रण गर्न हामी सबैले आफ्नो आफ्नो ठाउँ बाट सक्दो सहयोग गरौ । “कोरोना भाइरसबाट आफू पनि बचौ ,अरुलाई पनि बचाउ ।”