२ हजार घुससहित मालपोतका सुब्बा अख्तियारको फन्दामा - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

२ हजार घुससहित मालपोतका सुब्बा अख्तियारको फन्दामा



काठमाडौँ – 

अख्तियार  दुरूपयोग अनुसन्धान आयोगले राजधानीको चावहिलस्थित मालपोत कार्यालयका नायब सुब्बालाई दुई हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ।

नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले कार्यालय परिसरबाट बिहीबार पक्राउ गरेको हो।

अख्तियारका सहसचिव कालीप्रसाद पराजुलीका अनुसार श्रेष्ठले सेवाग्राहीको विवादित जग्गाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सहजीकरण गर्ने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए।

आयोगले श्रेष्ठमाथि  अनुसन्धान गरिरहेको जनाएको छ।