" एडीलेड खुकुरी फुटबल क्लबले आयोजना गरेको दशैं कप २०१९ सम्पन्न " - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

” एडीलेड खुकुरी फुटबल क्लबले आयोजना गरेको दशैं कप २०१९ सम्पन्न “



एडीलेड खुकुरी फुटबल क्लबले आयोजना गरेको बूमर्याबङ दशैं कप २०१९ सम्पन्न भएको छ। कुल १८ क्लबको सहभागिता रहेको उक्त प्रतियोगितामा विभिन्न समूहहरु निर्धारण गरिएको थियो। खुल्ला प्रतियोगिता तथा उमेर समूह , भेट्रान समूह , बालबालिका समूह र महिलाको खेलहरु बिभिन्न समूहहरुमा खेलहरु समाबेश गरिएको थियो।
खुल्ला तर्फ एडीलेड खुकुरी फुटबल क्लबलाई पराजित गरि एडीलेड ड्रयागन फुटबल क्लब बिजयी भएको थियो भने। निकै प्रस्तिप्रधात्मक रहेको सो खेलमा निर्धारित र अतिरिक्त समयसम्म एक एक गोलको बाराबरी पछि खेलको निर्णय टाईब्रेकर बाट गरिएको थियो।

त्यसैगरि , ३५ वर्ष भन्दा माथिको भेट्रान समूहमा आयोजक एडीलेड खुकुरी फुटबल क्लबले ब्रदर्स युनाईटेड फुटबल क्लबलाई पराजित गर्दै उपाधि हात पार्यो।बालबालिकाको समुहमा एडीलेड नेपाली बिद्यालयले नेपाली पाठशालालाई पराजित गर्दै प्रथम स्थान हासिल गरेको थियो भने महिला समुहमा एडीलेड ड्रयागन फुटबल स्पोर्टिंग क्लबले एडीलेड किंग्सलाई पराजित गरेको थियो। साउथ अस्ट्रेलियामा रहेका नेपाली फुटबलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको उक्त प्रतियोगितामा प्रथम हुनेले ३ हजार डलर , दोस्रो हुनेले १ हजार डलर र ३५ वर्ष भन्दा माथिको भेट्रान समूहले ६ सय डलर नगद राशि सहितको पुरस्कार प्राप्त गरेका थिए।

तस्बिर : सन्देश लामिछाने