एडीलेड खुकुरी फुटबलको सदस्यता खुल्ला - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

एडीलेड खुकुरी फुटबलको सदस्यता खुल्ला



 

एडीलेड खुकुरी फुटबल क्लबले २०१९को लागि सदस्यता खुल्ला गरेको छ। डिभिजन ५- ४ हुदै यस सत्रमा क्लबले डिभिजन ३को खेल खेल्ने छ। डिभिजन माथि जादै गर्दा खेलहरु पनि चुनौती पूर्ण हुने क्लबका सचिब राजन लामिछाने बताउछन। अप्रिल ७ तारिक बाट लिग खेलहरु समेत सुरु हुने उनले बताए। क्लबका सम्पूर्ण खेलाडीहरुलाई रिजिस्टर हुन क्लबले आवाहन गरेको जानकारी लामिछानेले दिए।

खेलाडीको लागि रजिस्टर शुल्क ११० डलर रहेको र जहाँ बाट २ सेट जर्सी खेलाडीले प्राप्त गर्नेछन्। क्लब चलाउन ठुलो भूमिका रहेको सोसल मेम्बरको समेत सदस्यता खुल्ला गरिएको छ। क्लबका गतिबिधि संचालन गर्न आर्थिक रुपमा सहयोग होस् र धेरै भन्दा धेरै सोसल मेम्बर सहभागी गराउने लक्ष सहित उक्त सदस्यताको शुल्क २५ डलर राखिएको क्लबले जानकारी दिएको छ।एडीलेड खुकुरी फुटबल क्लबले बालबालिकाहरुलाई समेत लक्षित गरेर कार्यक्रमहरु गर्ने बताएको छ। बालबालिकाको रजिस्ट्रेसन शुल्क १०० डलर राखिएको क्लबले बताएको छ। रजिस्ट्रेसनको अन्तिम समय बालबालिकाको लागि अप्रिल १४ तारिक र सिनियर पेलेयरको लागि अप्रिल ६ तारिक राखिएको छ। क्लबले सिजनको पहिलो खेल आफ्नो घरेलु मैदानमा ७ अप्रिल आईतबार दिउसो १ बजे “बी ” टिम र ३ बजे ” ए” टिम खेल्दै छ।