साउथ अस्ट्रेलियन अमेचर लिगमा एकेएफसीको पहिलो हार - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

साउथ अस्ट्रेलियन अमेचर लिगमा एकेएफसीको पहिलो हार



एडीलेड |

साउथ अस्ट्रेलियन अमेचर लिग अन्तर्गत एडीलेड खुकुरी फुटबल क्लब र माउन्ट कम्पस बीच आईतबार भएको खेलमा माउन्ट कम्पस बिजयी भएको छ । उसकै घरेलू मैदानमा भएको प्रतिस्प्रधामक खेलमा माउन्ट कम्पस ३-१ ले बिजयी भयो । लिगको पहिलो स्थानमा रहेको माउन्ट कम्पस र तेस्रो स्थानमा रहेको एडीलेड खुकुरी फुटबल क्लब बीचको खेल अनुमान गरे अनुसार प्रतिस्प्रधामक  रहयो । लामो समय देखी साउथ अस्ट्रेलियन लिग खेलिरहेको माउन्ट कम्पस टीम निकै अनुभबी देखिन्थ्यो ।लिगको नव प्रवेशी एडीलेड खुकुरी फुटबल क्लब नयाँ भए पनि लिगमा राम्रो नतिजा निकालने बिश्वास गरिएको टीम हो ।
खेलको पहिलो हाफ कुनै टिमले गोल गर्न सफल भएको थिएन भने दोस्रो हाफमा घरेलु मैदानमा रहेको माउन्ट कम्पसले ३ गोल गर्न सफल भएको थियो । एडीलेड खुकुरी फुटबल क्लबको तर्फ बाट राजिश महर्जनले एक गोल गर्न सफल हुदै सो लिगमा आफ्नो गोल संख्या ६ पुराएका छन् । एडीलेड खुकुरी फुटबल क्लब करिब डेढ घण्टाको दुरी पार गर्दै खेलका लागि माउन्ट कम्पस पुगेको थियो जहाँ खेलाडी र नेपाली टिमको समर्थकको लागि क्लबले यातायातको समेत ब्यबस्थापन गरेको थियो । खेलाडीहरुलाई हौसला प्रदान गर्न नेपाली समुदायको उल्लेखनिय उपस्थिति रहेको थियो । अब अर्को खेल एडीलेड खुकुरी फुटबल क्लबको घरेलु मैदान पार्क १९ ग्रीनहिल रोडमा अप्रिल ३० तारिक आईतबार एडीलेड ब्लु स्टारसँग हुदैछ ।