भारतीय वायुसेनाको विमान बेपत्ता, खोजी कार्य तीब्र - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

भारतीय वायुसेनाको विमान बेपत्ता, खोजी कार्य तीब्र



एजेन्सी– असमको जोराहटबाट अरुणाञ्चलका लागि उडेको भारतीय वायु सेनाको एएन–३२ विमान बेपत्ता भएको छ।

विमानमा चालक दलका आठ जना र अन्य यात्रु पाँचजना गरी १३ जना रहेको समचार संस्था एएनआईले जनाएको छ।

मध्यान्ह करिब १२ः२५  उडेको विमान अन्तिम पटक दिउँसो १ बजेसम्म सम्पर्कमा रहेको बताइएको छ।

विमानको खोजीकार्य तिव्र पारिएको छ। तर हालसम्म विमानको बारेमा कुनै जानकारी प्राप्त भएको छैन।

(फाइल तस्बिर)