भारतीय वायुसेनाको आठ दिनदेखि हराएको विमान भेटियो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भारतीय वायुसेनाको आठ दिनदेखि हराएको विमान भेटियो



बीबीसी । भारतीय वायुसेनाको एएन–३२ जहाजको भग्नावशेष अरुणाचल प्रदेशमा फेला परेको छ । गएको आठ दिनदेखि उक्त जहाज हराइरहेको थियो ।

जहाजमा १३ जना सवार थिए । भारतीय वायुसेनाले ट्वीट गरेर जहाजमा सवार यात्रु र चालक दलका सदस्यहरुका बारेमा अनुसन्धान भइरहेको जनाएको छ । असमको जोरहाटबाट उडान भरेको केही समयपछि उक्त मालवाहक जहाज विमानस्थलसँगको सम्पर्कबाट विच्छेद भएको थियो ।