एम्समा स्वागत तथा विदाई - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

एम्समा स्वागत तथा विदाई



सन्जु पौडेल / बुटवल ।

एम्स कलेज बुटवलमा विविएस पहिलो वर्षका आगन्तुकलाई स्वागत र चौथो वर्षका बिद्यार्थीलाई विदाई गरिएको छ । कलेजमा द्धितीय तथा तृतीय वर्षमा अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा उनीहरुलाई स्वागत तथा विदाई गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एम्स एजुकेशन फाउन्डेशनका अध्यक्ष धनेश्वर गौतमले एम्सले गुणस्तरीय शिक्षा प्रदान गरिरहेकाले विधार्थीको रोजाईमा पर्न सफल भइरहेको बताउंदै अझ प्रभावकारी शिक्षा पद्धतीको विकास गर्नुपर्ने बताए । उनले एम्स शिक्षा क्षेत्रमा ब्राण्ड बनिसकेको बताउंदै यसलाई कायम राख्न विद्यार्थीलाई आग्रह गरे ।

फाउन्डेशनका प्रबन्ध निर्देशक गोपाल न्यौपानेले कलेजबाट उत्तीर्ण भएर जाने विधार्थीहरुले कलेजको नाम सदैव उचो राखेको स्मरण गर्दै अहिले अध्ययनरत तथा विदाई भएका विधार्थीहरुबाट पनि सोही अपेक्षा रहेको भनाई राखे ।

तेस्रो वर्षका विद्यार्थी सागर वस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजका संचालक समिती सदस्य गोपाल पाण्डे, प्राचार्य दीपक ढकाल, प्राध्यापक महेन्द्र पाण्डे, वावुराम पाण्डे, प्लस टु कोअर्डिनेटर विनोद शाक्य, पत्रकार कपिल ज्ञवाली लगायतले बोलेका थिए । कार्यक्रमको संचालन सृजन मल्ल र सुशिला अर्यालले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती पनि प्रदर्शन गरेका थिए ।