एआईजी ठुले राई, पुष्कर कार्की र धिरु बस्नेतको सरुवा - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

एआईजी ठुले राई, पुष्कर कार्की र धिरु बस्नेतको सरुवा



काठमाडौं- सरकारले नेपाल प्रहरीका एआईजीहरुको सरुवा गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ठुले राई, पुष्कर कार्की र धिरु बस्नेतलाई सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान बिभागका एआईजी ठुले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) महाराजगन्जमा सरुवा गरेको छ ।

त्यस्तै राष्ट्रिय प्रहरी प्रतिष्ठानमा कार्यरत एआईजी पुष्कर कार्कीलाई प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । एआजी धिरु बस्नेतलाई भने मानवस्रोत एवं प्रशासन विभागमा सरुवा गरिएको छ ।

अपराध अनुसनधान बिभागमा रहेका बस्नेत यसअघि सुरक्षा परिषदमा तानिएका थिए । सरुवाका विषयमा सरकारले आधिकारीक सूचना भने सार्वजनिक गरेको छैन । बिहीबार सञ्चारमन्त्री तथा सरकारका प्रवक्ताले पत्रकार सम्मेलनमार्फत सरुवाको सुचना सार्वजनिक गर्ने प्रहरी स्रोतले जनाएको छ ।