नेपाल मै हुने भयो भारतको चर्चित आइफा अवार्ड - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

नेपाल मै हुने भयो भारतको चर्चित आइफा अवार्ड



काठमाडौँ

इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०१९ को आयोजना काठमाडौँमा गर्न स्वीकृति दिइएको सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले बिहीबार मन्त्रालयमा उक्त जानकारी दिएका हुन्।

‘काठमाडौँ महानगरपालिका सह–आयोजक रहने गरी नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौँमा इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०१९ आयोजना गर्न स्वीकृति दिइएको छ,’ मन्त्री बास्कोटले बताए।

आइफा भारतको चर्चित फिल्म अवार्ड हो। भारतीय कला संस्कृतिलाई विश्‍वभर फैलाउने र चिनाउने उदेश्यले आइफा अवार्ड सन् २००० बाट सुरु गरिएको थियो। प्रत्येक वर्ष यो अवार्ड विभिन्‍न देशमा आयोजना गरिँदै आएको छ। सन् २०१८ मा आइफा अवार्ड थाइल्यान्डमा भएको थियो।

आइफा अवार्ड पहिलो पटक सन् २००० मा लण्डनमा आयोजना गरिएको थियो। त्यसपछि यो अवार्ड क्रमषः दक्षिण अफ्रिका, मलेसिया, दक्षिण अफ्रिका, सिङ्गापुर, नेदरल्यान्ड्स, युनाइटेड अरब इमिरेट्स, बेलायत, थाइल्याण्ड, मकाउ, श्रीलङ्का, क्यानाडा, सिङ्गापुर, अमेरिका, मलेसिया, स्पेन, र अमेरिकामा आयोजना गरिएको थियो। नेपालमा गर्न लागिएको आइफा अवार्डको यो २०औं शृङ्खला हो। अवार्डका लागि बलिउडका सबैजसो चर्चित स्टार कलाकार काठमाडौँ आउनेछन्।