एडीलेड खुकुरी फुटबल क्लबको प्रिजेन्टेसन नाईट सम्पन्न - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

एडीलेड खुकुरी फुटबल क्लबको प्रिजेन्टेसन नाईट सम्पन्न



एडीलेड |

-साउथ अस्ट्रेलियामा रहेको एडीलेड खुकुरी फुटबल क्लबले एक कार्यक्रमका बिच बार्षिक प्रिजेन्टेसन नाईट सम्पन्न गरेको छ। कार्यक्रममा क्लबलाई सहयोग गर्ने स्पोन्सर, खेलाडी र विभिन्न कार्यक्रममा सांस्कृतिक प्रस्तुति दिने कलाकारहरुलाई सम्मान गरिएको थियो। डिनर कार्यक्रम सहित टेस्ट अफ द हिमालय रेस्टुरेन्टमा भएको उक्त कार्यक्रममा क्लबका अध्यक्ष कुमार पुष्प गुरुङले क्लबको इतिहासको बारेमा बताउदै स्वागत मन्तब्य दिएका थिए। सन् २०१२ मा सानो समूहमा फुटबल खेल्दै सुरु गरिएको उक्त क्लब त्यसको एक वर्ष पछि २०१३ मा औपचारिक रुपमा दर्ता भएको इतिहास सहभागी बीच बताएका थिए। क्लबले एकेयफसी लिग , मल्टीकल्चर लीग लगायतका सफल कार्यक्रमहरु सम्पन्न गर्न सफल भएको गुरुङले जानकारी समेत दिए । साउथ अस्ट्रेलियामा रहेका नेपाली फुटबल क्लबहरु बीच एकीकरण गरि साउथ अस्ट्रेलियन अमेचर लिगमा पहिलो पल्ट नेपाली क्लबले यस वर्ष सहभागिता जनाएको समेत उनले उल्लेख गरे। गुरुङले कार्यक्रममा विभिन्न सहयोगी संघसंस्था र व्यक्तिहरुलाई क्लबको लोगो अङ्कित ब्याच र मायाको चिनो समेत प्रदान गरेका थिए।

कार्यक्रममा क्लबका सचिब राजन लामिछानेले क्लबले गरेका कार्यहरु र आगामी योजनाहरुको बारेमा बताएका थिए। क्लबको हासिल गरेका उपलब्धि र प्रगतिको बारेमा बताउदै क्लब म्यानेजर चिरु श्रेष्ठले अमेचर लिग अन्तर्गत भएको डिभिजन ५को खेलमा क्लबले तेस्रो स्थान गराउन सफल भएको बताउदै सम्पूर्ण खेलाडी र सहयोगीहरुलाई धन्यबाद ब्यक्त गरेका थिए। कार्यक्रममा विभन्न विधामा खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो। खेलाडीहरुको लगनशीलता र मेहनतको कारणले क्लबले थप उचाई हासिल गर्न सफल भएको बताउदै क्लबका उपाध्यक्ष रमेश राज भण्डारीले धन्यबाद मन्तब्यमा भने ” खेलाडी , स्पोन्सर , मिडिया र यहाँ रहेका संस्थाहरुको सहयोगमा हामीले विभन्न कार्यक्रमहरु गरेका छौ र सहभागी हुदै आएका छौ , त्यसैले सबैलाई प्रति हामी कृतज्ञ छौ।” आगामी दिनमा समेत क्लबले सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने राज भण्डारीले बताएका थिए। कार्यक्रममा प्रदिप खत्रीले खेलाडीहरुको तर्फ बाट मन्तब्य दिदै कार्यसमिति सदस्यहरुले गरेको मेहनतको प्रसंशा गर्दै धन्यबाद ब्यक्त गरेका थिए।कार्यक्रममा एनआरएनए केन्द्रिय सदस्य गोकुल घिमिरे,एनआरएनए साउथ अस्ट्रेलिया संयोजक अशोक के. सी , एनका अध्यक्ष विजय जोशी लगायत विभन्न संघ सस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

क-कसले कुन विधामा पाए अवार्ड ?

1. Young Talent of the year 2017: Bidur Ghimire chettri
2. The Most Versatile player 2017: Krishna Thapa
3. The Most Discipline Player 2017: Suman Thapa
4. Valuable Contributors to the club: Om Gurung
                                                                    Sagar shrestha
5.Valuable Contributors to the club: Rajesh Ghimire
6. Valuable Contributors to the club: Sharad Garlami
                                                                       Ram Gaha Magar
7. Player of Dashain Cup 2017: Santosh Simkhada
8. Player Of dragon cup 2017: Sayed Aghil Nejadfozel
9: Player of League 2017: Rajish Maharjan
10. The Most Dependable player 2017: Khagen Limbu
11. The Most talented player 2017: Bijaya shrestha
12. The Most valuable player 2017: Sayed Aghil Nejadfozel
13. Player of the year 2017: Rajish Maharjan