बुटवलमा एरिया फेलोसीप कार्यक्रम हुँदै - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बुटवलमा एरिया फेलोसीप कार्यक्रम हुँदै



झविन्द्र देवकोटा
बुटवल । बुटवलमा ग्राण्ड लायन्स एरिया फेलोसीप कार्यक्रम हुने भएको छ । लायन्स क्लवको एरिया फोर अन्तरगतका लायन्स र लियोहरुलाई एक आपसमा समन्वय गर्ने अवसर प्रदान गर्नका लागि आयोजना गरिएको कार्यक्रम बुटवलको रामनगर स्थित जनता माविमा यहि माघको २७ गते हुने भएको हो ।

लायन्स क्लव अफ बुटवल स्टारको आतिथ्यतामा हुुन लागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बुटवल स्टारका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक एम एल पाण्डेले जानकारी दिनुभयो । उहाँले एरिया ४ अन्तरगतका ८० वटा लायन्स, लायनेश र लियो क्लवहरुका सदस्यहरु तथा नन् लायन्सहरु गरि एक हजार भन्दा बढीको सहभागिता रहने बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा सास्कृतिक कार्यक्रम, खानाका स्टलहरु तथा बालबालिकाहरुलाई मनोरञ्जन प्रदान गर्ने विभिन्न कार्यक्रमहरु राखिने छ ।

कार्यक्रममा मोटोरोला किड्स सो, लायन ट्यालेन्ट सो, किड्स डान्स, लाईभ म्यूजिक लगायत प्रस्तुतिहरु देखाईने क्लवका अध्यक्ष आशिषकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

बुटवलमा पहिलो पटक आयोजना गरिएको फेलोसीप कार्यक्रमले लायन्स र लायनेशका बारेमा कार्यक्रममा सहभागि भएका दर्शकहरुलाई बुझाउन मद्दत पुग्ने क्लवका पुर्व अध्यक्ष सन्दिप कसौधनले बताउनुभयो ।

प्रवेश शुल्क दुई सय पचास राखिएको कार्यक्रममा बालबालिकालाई प्रवेश निशुल्क गरिएको छ भने विभिन्न क्यूज कार्यक्रमका माध्यमले विभिन्न खाले पुरस्कार समेत कार्यक्रममा वितरण हुने क्वलका सदस्य विष्णु ज्ञवालीले जानकारी दिनुभयो ।

विहान ११ बजेदेखि सुरु हुने कार्यक्रमको लायन्स अन्तरराष्ट्रियका पुर्व डाईरेक्टर संजय खेतानले उद्घाटन गर्ने कार्यक्रम तय भएको सदस्य ज्ञवालीले बताउनुभयो ।