रंग र संगीतसंगै मनाउदैछ एडीलेडले होलि - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

रंग र संगीतसंगै मनाउदैछ एडीलेडले होलि



हिमाल पोस्ट|अस्ट्रेलिया ।

साउथ अस्ट्रेलियाको एडीलेडमा रहेको नेपाली समुदायले रंग , संगित र खानाका परिकारहरुसंगै होलि पर्व मनाउने भएको छ।एडीलेड नेपालको आयोजनामा हुन लागेको दोश्रो मेगा होली फेस्टिभल मार्च १७ तारिकको दिन दिउसो ११ बजे देखि बेलुका ७ बजे सम्म मिचल पार्क रिजर्बमा चल्ने आयोजकले बताएका छन।

नेपाल बाट आउने राष्ट्रिय कलाकारहरु प्रमोद खरेल, अस्था राउत , केकी अधिकारी , दिनेश काफ्ले र सुदिन पोख्रेलको प्रस्तुति कार्यक्रममा मुख्य आकर्षण रहनेछ । नेपाल बाट आउने कलाकारसँगै साउथ अस्ट्रेलियामा रहेका गायक सुबास ढुंगाना ,रामकृष्ण निरौला , क्षितिज सापकोटा , प्रजिता गेलाल ,लक्ष्मण गुरुङ लगायतका डेढ दर्जन बढी कलाकारहरुको समेत बिशेष प्रस्तुति रहने छ।

कार्यक्रममा फुड स्टल ,व्यवसाय स्टल र बिबिध मनोरन्जनात्मक कार्यक्रमहरु समेत समाबेश गरिएको एडीलेड नेपालका अध्यक्ष गोकुल ढकालले बताए। कार्यक्रमको बारेमा बताउदै उनले भने “कार्यक्रम मनोरंजनको लागि भएता पनि यस कार्यक्रमले हाम्रो संस्कृति , परम्परालाई समेत यस कर्म भुमिमा उजागर गर्नुको साथै हुर्कदै गरेको दोस्रो पुस्ताले समेत सिक्ने एउटा अवसरको माध्यम बन्नेछ।

दर्शकहरुलाई नि:शुल्क प्रवेश सुबिधा रहेको यस कार्यक्रममा होलिको रंग भने हेल्थ सफ्टीको कारणले गर्दा बाहिर बाट लिएर आउन नपाईने ढकालले बताए। दर्शकहरुको लागि होलीको रंग आयोजकले नै शुल्क लिएर व्यवस्था गरेको उनले बताए । करिब २ हजार बढी दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको उक्त कार्यक्रम संचालन नबिन पन्त र अस्मिता केसीले गर्ने छन्।