एडीलेड नेपाली समाज अस्ट्रेलियाको दोस्रो अधिबेशन सम्पन्न - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

एडीलेड नेपाली समाज अस्ट्रेलियाको दोस्रो अधिबेशन सम्पन्न



अस्ट्रेलिया |

साउथ अस्ट्रेलियामा रहेको नेपाली सामुदायिक संस्था एडीलेड नेपाली समाज अस्ट्रेलियाको दोस्रो अधिबेशन तथा पाचौ साधारण सभा सम्पन्न भएको छ। यहि बिहिबार सम्पन्न अधिबेशनले राजेश अधिकारीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । उक्त अधिबेशन बाट उपाध्यक्षमा प्रबिन गुरागाई सचिवमा युवराज कंडेल ,सहसचिव राम कृष्ण शर्मा ,कोषाध्यक्षमा दीपा सापकोटा तथा सदस्यहरुमा यदु आचार्य, क्षितिज सापकोटा, श्याम दाहाल , सुपक अधिकारी सर्वसम्मत चयन भएका छन।निर्बिरोध निर्वाचित ९ सदस्यीय कार्यसमिति सदस्यहरुलाई निर्वाचन आयुक्त सुरेन्द्र रेग्मीले सपथ ग्रहण गराएका थिए।३ सदस्यीय निर्वाचन समितिमा बिकाश शर्मा पोखरेल र श्रीधर सापकोटा रहेका थिए।

उक्त साधारण सभामा बन्दसत्र अगाडी संस्थाको प्रगति बिवरण प्रस्तुत गरिएको थियो।संस्था कि अध्यक्ष सन्तोषी गौतमले एडीलेड नेपाली समाजले सत्र २०१५-१७ मा गरेका कार्यक्रमहरुको बारेमा बताएकी थिइन। तिहार बिशेष देउसी भैलो , तीज कार्यक्रम , अभिभावक बन भोज कार्यक्रम , अस्ट्रेलिया डेमा हुने परेडमा सहभागिता , साउथ अस्ट्रेलियामा हुने बहुसांस्कृति कार्यक्रममा नेपाली समुदायको तर्फ बाट विभन्न संस्कृतिक कार्यक्रमहरुमा उपस्थिति , पाठे घरमा हुने क्यानसर सम्बन्धि महिलाहरुमा जनचेतना कार्यक्रम , बालबालिकाहरुको लागि आध्यात्मिक कार्यक्रम , होलि कार्यक्रम लगायतका बार्षिक कार्यक्रमहरु संस्थाले गर्दै आएको गौतमले बताएकी थिईन।

एडीलेड नेपाली समाजले संचालन गर्दै आएको एडीलेड विद्यालयले गरेका कार्यक्रम र आय व्यय बिवरण मन्जु खड्काले प्रस्तुत गरेकी थिईन। यहाँका विभन्न निकाय बाट पाउने अनुदानलाई लिएर आउन सफल भएको र नेपाली समुदायलाई बहुसांस्कृतिक समाजसंग जोड्न सफल भएको भन्दै खड्काको सहभागी बक्ताहरुले समेत प्रशंसा गरेका थिए । संस्थाका कोषाध्यक्ष क्षितज सापकोटाले समाजले गरेको आय व्यय बिवरण प्रस्तुत गरेका थिए । एडीलेड नेपाली समाज अस्ट्रेलिया र एडीलेड विद्यालय दुवै मुनाफामा रहेको प्रतिबेदन प्रस्तुत थियो भने करिब ९ हजार डलर भन्दा बढी सरकारी र विभन्न स्रोत बाट अनुदान बिद्यालयले प्राप्त गर्न सफल भएको थियो । एडीलेड विद्यालयले नेपाली भाषा, संस्कृति , रितिरिवाजहरुको बारेमा यहाँ हुर्कदै गरेको दोस्रो पुस्ताका बालबालिकाहरुलाई साप्ताहिक रुपमा कक्षा संचालन गरि शिक्षा दिदै आएको छ।

सन् २०१२ मा स्थापना भएको उक्त संस्थाको साधारण सभामा अवैतानिक बाणिज्य दुत दिपक धमला , गैर आवाशीय नेपाली संघ साउथ अस्ट्रेलियाका निबर्तमान संयोजक नबिन कंडेल , एनआरएन अस्ट्रेलियाका केन्द्रिय सदस्य नबिन पन्त , एनआरएन साउथ अस्ट्रेलिया सचिब प्रकाश पनेरु , ईनास साउथ अस्ट्रेलियाका अध्यक्ष बिकाश शर्मा पोख्रेल , संस्थाका संस्थापाक उपाध्यक्ष नबिन काम्बांग, उपाध्यक्ष यदु आचार्य लगायतले मन्तब्य बाट एडीलेड नेपाली समाजले गरेका कार्यहरुको प्रशंसा गर्दै बधाई सहित आगामी कार्यकालको सफलताको लागि शुभकामना दिएका थिए।