जिसस रूपन्देहीविरुद्ध अदालतमा मुद्दा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जिसस रूपन्देहीविरुद्ध अदालतमा मुद्दा



बुटवल । जिल्ला समन्वय समिति रूपन्देहीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई नदीजन्य निकासीका लागि टेन्डर आह्वान गरेको भन्दै टेन्डर आह्वान रोक्न मागसहित अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला समन्वय समिति रूपन्देही, जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख र जिल्ला समन्वय अधिकारीलाई विपक्षी बनाई उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा रूपन्देहीको सैनामैना वडा नं. १ कर्साघाटका विष्णुप्रसाद मिश्रसहित ११ जनाले जिल्ला समन्वय समितिको क्षेत्राधिकारभन्दा बाहिर गई स्थानीय जनताको बासस्थान, घरजग्गा तथा चुरे भावर क्षेत्रमा समेत प्रभाव पार्नेगरी हचुवाको भरमा टेण्डर आह्वान भएको र त्यसलाई रोक्न माग गर्दै मुद्धा दायर गरेका हुन् ।

निवेदकको तर्फबाट अधिवक्ता गोविन्दप्रसाद मरासिनीले बहस गरेका छन् । सोही आधारमा अदालतले अन्तरिम आदेशका लागि छलफल गर्न यही फागुन २७ गते दुवै पक्षलाई बोलाएको छ ।

खोलानाला जिससको क्षेत्राधिकारभित्र पनि नपर्ने र वातावरण संरक्षण ऐनले तोकेको मापदण्डबाहिर रहेको र वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी हचुवाको टेन्डर आह्वान गरिएकोले आफूहरू अदालत जानु परेको मिश्रले बताए ।