सिनामङ्गलको दुर्घटनामा १७ घाइते, दुई गम्भीर - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

सिनामङ्गलको दुर्घटनामा १७ घाइते, दुई गम्भीर



काठमाडौँ –

मङ्गलबार बिहान सिनामङ्गलमा बस र माइक्रोबस ठोक्किँदा १७ यात्रु घाइते भएका छन्। गौशालाबाट कोटेश्वरतर्फ जाँदै गरेको बा५ख ५१०० नम्बरको माइक्रोबस र कोटेश्वरबाट गौशालातर्फ जाँदै गरेको बा१ज ९७६६ नम्बरको बस ठोक्किँदा १७ यात्रु घाइते भएका हुन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले घाइतेमध्ये दुई गम्भीर रहेको जानकारी दिनुभयो।

घाइतेहरूको उपचार सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा भैरहेको छ। यस दुर्घटनामा १३ पुरुष र चार महिला घाइते भएका थिए। महाशाखाले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।